समाजसेवी तथा खेल प्रशिक्षक राष्ट्र राईको निधन

लन्डन बेलायतको नेपाली समुदायका एक सक्रिय समाजसेवी तथा खेल प्रशिक्षक राष्ट्र राईको दुखद निधन भएको छ । ५८ बर्षको उमेरमा विहीवार समाजसेवी तथा खेल प्रशिक्षक राईको हृदयघातको कारण निधन भएको हो ।

 

आर्मीमै फिजिकल इन्सट्रक्टर उनी तेक्वान्दो सिक्स्थ डान मास्टर हुन् । आफूलाई सधैं तन्दुरुस्त राख्न चाहने राई बिहीबार आर्मी जिम हल ब्रामटनमा ब्याटमिन्टन खेलेर फर्किएका थिए । घर आएपछि उनले जाडो भएको महसुस गरेपछि हतार हतार एम्बुलेन्स बोलाएर अस्पताल लैजांदा बाटोमै निधन भएको एनआरएनए युकेका अध्यक्ष प्रेम गाहामगरले बताए ।

 

एनआरएनए यूके स्पोर्टस कोअर्डिनेसन काउन्सिलका संयोजक पनि हुन् उनी । सगरमाथा तेक्वान्दो दोजाङका संस्थापक तथा तेक्वान्दो प्रशिक्षक राई एनआरएनए यूके पूर्व उपाध्यक्ष समेत हुन । पूर्व बेलायती गोर्खा सैनिक राई परिवारसहित बेलायतको मेडस्टोन बस्दै आएका थिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार