लन्डन । भूतपूर्व गोर्खा सैनिकहरुको मागको बिषयमा भईरहेको त्रिपक्षीय बार्ता परिणाममुखी हुने कुरामा गोर्खाहरुको एक संगठन गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले शंका व्यक्त गरेका छन । गोर्खाहरुको माग सम्बोधन बिषयमा नेपाली राजदुतावासको असंवेदनशिलता र गोर्खा संगठनहरुवीच सम्मान धारणा बन्न नसकेको भन्दै बार्ता परिणाममुखी हुने कुरामा गेसोले शंका व्यक्त गरेको हुन ।
सिलिचुङसंग संक्षिप्त कुराकानी गर्दै गोर्खा भूतपूर्व सैनिक संघ गेसोका सभापति कुष्णकुमार राईले बार्ताहरु चरणबद्ध सम्पन्न भईसक्दा पनि मुख्य बिषयले अझै प्रवेश नपाउनुले खासै आशावादी हुने अवस्था नभएको बताए । २२ नोभेम्बर हुने बार्ता अन्तिम भएको र उक्त बार्ता सकरात्मक र आशा गर्ने ठाउँ नभएको पनि सभापति राईले बताए ‘‘बार्ताका लागि हामीवीचमा घनिभुतमा छफफल हुनुपर्ने हो तर हामीवीचमा कुनै प्रभावकारी छलफल भएको छैन ।’’ सभापति राईले भने ।
अहिलेसम्म भईरहेको बार्ता बेलायत सरकारले एकपक्षीय रुपमा मात्रै गोर्खाहरुको माग भन्दा बाहिरको बिषयबस्तु प्रवेश गराउने र गोर्खाहरुको मुल मुद्दाले अझै प्रवेश नै नपाएको पनि सभापति राईले बताए । गोर्खाहरुवीच घनिभुत छलफल भएर बार्ताको तयारी गर्नुपथ्र्यो तर त्यसो भएन सभापति राईले यसको सम्पुर्ण अभिभावीकय भुमिका राजदुतावासले गर्नुपथ्र्यो । तर राजदुतावासले कुनै ठोस पहल नगरे गुनासो गरे । राजदुतवास नेपाल सरकारको आधिकारिक निकाय र बार्ताको सम्पुर्ण जिम्मेवारी गर्ने प्रमुख संस्था भएपनि राजदुतावासले कुनै जिम्मेवारीपुर्वक पहल नगरेको उनले बताए ।
जीटेन भन्ने गोर्खाहरुको एउटा समिति छ । जीटेनमा गहन छलफल हुनेपर्ने भएपनि त्यस्तो कुनै छलफल हुन नसक्दा बार्ता परिणामुखीतर्फ उन्मुख नभएको उनले बताए । यसभन्दा अघि ११ सेप्टेम्बरमा बेलायतको रक्षा मन्त्रालयमा बसेको प्राविधिक समितिको बैठकमा बेलायत सरकारको प्रतिनिधिले एकपक्षीय कुरा राखेको स्मरण गराउदै सभापति राईले बार्ता नेपाल र गोर्खाको पक्षमा हुन्छ भन्ने कुरामा आशावादी रहने ठाउँ नरहेको पनि बताए ।
बार्ताको एजेन्डामा विगतमा हाम्रा साथीहरुले उठाएको बिषय नपरेको र सानो तिनो भरो टार्ने खालको बेलायतले एकपक्षीय रुपको मात्रै भएकोले आशा गर्ने ठाउँ छैन सभापति राईले भने ‘‘मैले राजदुतलाई जीटेनको बैठक नभए प्राविधिक समितिको बैठक बसौं भने तर यसमा राजदुतले कुनै चासो दिएन ।’’
२२ नोभेम्बरमा बार्ता हुदैछ । यसमा गेसो आशावादी नभएको र भविष्यले के बताउँछ सोही अनुसार गेसोले धारणा बनाउने पनि सभापति राईले बताए । बार्ता प्रतिफल सहित समाप्त हुने भए राम्रो हुने थियो तर त्यसले परिणाम दिन्छ भन्ने शंका जन्माएको छ । बार्ता परिणाममुखी नभएपनि बार्ताको ढोका कुनै पनि हालतमा बन्द हुनु नहुने पनि सभापति राईले धारणा व्यक्त गरे । बार्ताको ढोका बन्द भयो भने इतिहास नामेट हुने भएकाले गम्भिर हुन सम्पुर्ण भूपूजन्य संगठनहरु लगायत नेपाल सरकार समक्ष गेसोले आब्हान गरेको छ ।
गेसो जिम्मेवार संस्था भएकोले बार्तालाई असर नपुगोस भनेर सहिष्णुता सदासयता देखाउदै आएको उनले बताए यो कुनै संस्था र व्यक्तिको कुरा नभई सम्पुर्ण भुपू र नेपालको सार्वभौमता र स्वधिनताको बिषय भएकाले सबै गम्भिर हुनेपर्ने गेसोले धारणा राख्दै आएको छ । साथीहरुले उग्र गतिविधि गरिरहेको छ । नेपाल सरकार हिजो भन्दा अहिले सकरात्मक छ । प्रधानमन्त्री र पराराष्ट्र मन्त्रीले समेत गम्भिर छौं भने पनि राजदुतको व्यवहार राम्रो छैन उनले भने ‘‘राजदुतले आफ्नो तर्फबाट अभिभावकीय भुमिका निर्वाह गर्नुपथ्र्यो । तर अभिभावक रुपमा जीटेनको छलफल चालाएर सक्रिय र जिम्मेवार बनाउनुपथ्र्यो । तर बिषयबस्तु बिषान्तर गरेर कसैलाई काखा र पाखा गरिरहेको छ । समय आएपछि यसको हिसावकिताव गर्नेछौं ।’’