लन्डन । स्याङ्जा समाज युकेको दोस्रो महाधिवेशन आगामी डिसेम्बर ३ तारिख अल्डर्शटको ठमेल रेस्टुरेन्टमा हुने भएको छ । भावी नेतृत्व चयन गर्नका लागि महाधिवेशन सम्पन्न हुने भएको हो ।
स्याङ्जा समाजयुकेको अध्यक्ष सारदा गुरुङको अध्यक्षतामा २० अक्टोबर शुक्रवार बसेको बैठकले अधिवेशनको मिति तय गरेको थियो ।
बैठकले नयाँ नेतृत्व चयनका लागि निर्वाचन समिति पनि गठन गरेको छ । समाजका वरिष्ठ सल्लाहकार डेविड गुरुङको संयोजकत्वमा गोमा राना, इन्द्र क्षेत्री, पार्बती गुरुङ र गिर गुरुङ सहितको निर्वाचन समिति गठन गरेको छ ।
स्याङ्जा समाज युकेले स्थापना कालदेखि छोटोे अवधिमै विभिन्न कार्यहरु – एक आपसी सहयोगमा समाजको उत्थानको लागि नेपालमा आफ्नो जिल्ला विकासमा सहयोग, कोभिडको विषम परिस्थितिमा सहयोग, स्याङ्जा जिल्लाबासीलाई मोतीबिन्दु अपरेसनमा सहयोग लगायत अन्य आपतकालमा सहयोग गर्दै आइरहेको छ ।
यसरी नै भविष्यमा चयन हुनुहुने अध्यक्ष र कार्यसमितिले अझ थप महत्त्वपूर्ण कार्यहरु गर्नु हुनेछ भन्दै अध्यक्ष शारदा गुरुङ महासचिव डा. बलराम ढकाल लगायत कार्यसमितिले अधिवेशनको दिन ३ डिसेम्बरमा स्याङ्जाबासी दाजुभाई दिदीबहिनी सम्पुर्णलाई ठमेल रेस्टुरेन्टमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा साथै महाधिवेशन सफल पार्न समेत आब्हान गरिएको छ।