गोर्खा बार्ता सफल हुनेमा गेसोको विश्वास

लन्डन । भूतपूर्व गोर्खाहरुको समस्या समाधानका लागि यही बुधबार लण्डनमा हुन लागेको सरकारस्तीय वार्ता सकारात्मक निष्कर्षमा पुग्ने विश्वास भूतपूर्व गोर्खा सैनिक संघ (गेसो) ले गरेको छ ।

 

गेसो सभापति कृष्णकुमार राईले मंगलबार एक वक्तव्य जारी गर्दै भूतपूर्व गोर्खा प्रतिनिधिसमेतको सहभागितामा बेलायत र नेपालबीच सरकार स्तरमा हुने वार्ता सफल बन्ने आशा गरेका हुन ।

सभापति राईले यो त्रिपक्षीय वार्ता लामो समयदेखि गोर्खाहरुमाथि हुंदै आएको विभेद अन्त्य गर्ने अवसर रहेको भन्दै बार्ताबाट गोर्खाहरुको समस्या समाधान हुने कुराको विश्वास गरेका छन । वार्ताको सफलताले अन्तराष्ट्रिय स्तरमा दुवै राष्ट्रको छवि उचो पार्ने जनाउदै गोर्खाहरु र नेपाल राष्ट्रका लागि कोसेढुङगा सावित हुने सभापति राईले बताए ।

 

वार्तामा नेपाल सरकारका तर्फबाट राजदूत ज्ञानचन्द्र आचार्य र बेलायत सरकारको नेतृत्व रक्षा राज्यमन्त्री एन्ड्रयू मरिसनले गर्नेछन् । भूतपूर्व गोर्खाहरुको प्रतिनिधित्व गर्दै गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई, गेसो उपसभापति धर्म तामाङ र मेजर (रि.) जुदबहादुर गुरुङ सहभागी हुने निर्णय भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार