फोनिज युकेद्धारा समाचार लेखन तथा उत्पादन तालिम सम्पन्न

लन्डन । पत्रकारहरुको क्षमतामा अभिबृद्धि होस भन्ने उद्देश्यले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) युकेले समाचार लेखन तथा उत्पादन तालिम सम्पन्न गरेको छ । भर्चुअल माध्यमबाट शनिवार फोनिज युकेले समाचार लेखन तथा उत्पादन सम्बन्धी तालिम सम्पन्न गरेको हो ।

बेलायतमा क्रियाशिल आदिवासी जनजाति पत्रकारहरुलाई तालिम दिइएको थियो । तालिममा समाचार लेखन र उत्पादनको बिषयमा ज्ञान सीप अभिवृद्धिको बारेमा सहजीकरण गरिएको थियो । तालिमको सहजीकरण नेपालबाट पत्रकार श्याम रानाले गरेका थिए ।

फोनिज यकुेको अध्यक्ष गोमा रानाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव लिला सेलिङ माबेले गरेकी थिइन । तालिममा नरेश खपाङगी, किरण टि लिम्बु, विश्वासदीप तिगेला, प्रमिला लाबुङ, महा राई, कर्मा पहाडी शेर्पा, अमित थेवे, वाचस्पति रेग्मी, एकिन्द्र गुरुङ, जीत बुढाथोकी छन्त्याल, होम किरात सुनुवार, बम थापा सूर्यवंशी, वीर बलाल, टेक थापा, डेविट गुरुङ, प्रकाश गुरुङ र तेज माबोको सहभागिता रहेको थियो ।

तालिम पश्चात सहभागीहरुले राखेको चासो जिज्ञासाको बारेमा सहजकर्ता श्याम रानाले आफ्नो धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार