
लन्डन । किरात राई यायोक्खा लन्डन प्रारम्भिक कार्यसमितिको अध्यक्षमा पुरु राई निर्वाचित भएको छ । शनिवार लन्डनको नर्थहोल्डमा सम्पन्न प्रारम्भिक कार्यसमितिको छैटौं अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ ।
अधिवेशनले समितिको उपाध्यक्षमा सुरेशकुमार राई र सुष्मा राई निर्वाचित गरेको छ । सचिवमा किरण राई निर्वाचित भएका छन भने सह–सचिवमा रुकमला राई र सीता राई निर्वाचित भएकी छिन । कोषाध्यक्षमा मिलन राई निर्वाचित भएको छ भने सहकोषाध्यक्षमा अञ्जना राई निर्वाचित भएकी छिन ।
अधिवेशनबाट सदस्यहरुमा सन्तोष राई, योजन राई, रन्जित राई, विशाल राई, तायाहाङमा राई, राजमणी राई, यशोधन राई, मिनु राई, निलुम राई, सुकमाया लिम्बु राई र अनिल राई निर्वाचित भएको छ ।
अधिवेशनको उद्घाटन सत्रको प्रमुख अतिथि किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति बेलायतका अध्यक्ष आशा राई र विशेष अतिथिहरुमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति नेपालका पुर्व अध्यक्ष डा. सुमाया राई, किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति बेलायतका पुर्व अध्यक्ष कल्पना राई र किरात राई यायोक्खा लन्डन प्रारम्भिक कार्यसमितिका पुर्व अध्यक्ष एवम प्रमुख सल्लाहकार रोम मुकारुङ राई रहनुभएको थियो ।
अन्य अतिथिहरुमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिका पुर्व कावा अध्यक्ष ज्ञानबहादुर राई, किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति बेलायतका उपाध्यक्ष शान्तकला राई हुनुहुन्थ्यो ।
अधिवेशन तीन सत्रमा सम्पन्न भएको थियो । पहिलो सत्र उद्घाटन कार्यक्रम थियो भने दोस्रो सत्रमा बन्द सत्र र तेस्रो सत्रमा निर्वाचन कार्यक्रम सम्पन्न भएको थियो ।
पहिलो सत्र उदघाटन कार्यक्रममा अतिथिहरुको शुभकामना मन्तव्य लगायन सम्मान कार्यक्रम सम्पन्न भएको थियो । दोस्रो बन्द सत्रमा आर्थिक र सांगाठानिक प्रतिवेदन प्रस्तुत र त्यसबिषयमा गहन छलफल भएको थियो । तेस्रो सत्रमा निर्वाचन कार्यक्रममा सर्वसम्मत रुपमा कार्यसमिति चयन गरिएको थियो ।
अध्यक्ष मण्डल र निर्वाचन समितिको संयोजकमा छेत्राकला राई सदस्य खम्बासिं राई सदस्य सचिवमा नरेश काङमाङ राई रहेको थियो ।











