लन्डन । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले बेलायतमा रहेको सम्पूर्ण कार्यकर्ताहरुलाई महाधिवेशन तयारीमा जुट्न निर्देशन दिएका छन । बेलायतस्थित नेपाली कांग्रेसको प्रवास समिति नेपाली जनसम्पर्क समिति नर्थवेस्ट लण्डनका क्षेत्रीय सभापति विशाल राईको अध्यक्षतामा सम्पन्न भेटघट तथा स्वागत कार्यक्रममा उक्त निर्देशन दिएका हुन ।
नेपाली कांग्रेसको बिधि विधान बिपरितको कुनै निर्णय अमान्य हुने जनाउदै सानातिना बिबादमा नअल्झीकन सबैजनाले महाधिवेशनको माध्यमबाट समाधान खोज्न पनि सुझाव दिएका छन । नेपाली कांग्रेस सदैव बिधि विधान र कानून सम्मत चल्ने एक मात्र लोकतान्त्रिक पार्टी रहेको चर्चा गर्दे प्रत्येक कार्यकर्ताले बिधान र पार्टीको अनुशासन भित्र रहन जरुरी रहेको बताए । महाधिवेशनको परिणाम आफनो पक्षमा नआएमा समानन्तर गतिबिधि गर्ने गलत संस्कारप्रति आक्रोश पोख्दै, पार्टीले कड़ा कारवाही गर्ने चेतावनी समेत दिए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा र महामन्त्री गगन थापाले महाधिवेशन सम्पन्न गराउन नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरूङलाई महाधिवेशन गराउन निर्देशन भईसकेकाले सहमहामन्त्री आङदेम्बेले विगतदेखि जनसम्पर्क समिति बेलायतमा देखिएको आन्तरिक बिबाद पनि समाप्त भएको उनले बताए । बेलायतको विवाद समाधानको लागि सक्रिय भूमिका निर्वाह गर्ने नेपाली जनसम्पर्क समिति बेलायतका प्रमुख व्यक्तित्वहरु बिनोदराज मोक्तान, नर्थवेष्ट लन्डनका क्षेत्रिय सभापति बिशाल राई, वेष्ट लन्डनका क्षेत्रिय सभापति निशान पन्धक राई, महाधिवेशन प्रतिनिधि सूर्य नेम्बाङ, युवराज सिंह लगायत प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्णप्रति पनि सहमहामन्त्री आङदेम्बेले आभार प्रकट गरे ।
उनले नेपाली जनसम्पर्क समिति बेलायतको नाममा र समितिको कार्यक्षेत्र भित्र कुनै पनी अनैतिक एब अवैधानिक अराजक गतिविधि नगर्न पनि अनुरोध गरे । कार्यक्रमका सभापति विशाल राईले जनसम्पर्कमा देखिएको विवादहरुको अन्त्य भएको भन्दै गुटको राजनीतिलाई त्यागेर सबैले एकताबद्ध भएर अगाडी बढनु सबैको भलाई हुने बताए ।