लाहुरेको छोराछोरी सपना नभएका भातेहरु

लन्डन । बेलायतमा आवसीय सुविधा पाएर बेलायतमा रहेको ब्रिटिस भूतपूर्व गोर्खा सैनिकका छोराछोरीहरुको कुनै सपना नभएको गोर्खा कै एक सन्तानले बताएका छन । नेपाल रहँदा बेलायत जाने सपना बोकेका गोर्खाका सन्तानहरु बेलायत आएपछि उनीहरुको भविष्यको बारेमा सपना नै नभएका गोर्खा भूतपुर्व सैनिकका सन्तान गजेन्द्र लिम्बुले बताएका हुन ।

 

बेलायत आएपछि धेरै सम्भावना भएपनि त्यसबारेमा गोर्खाका सन्तानहरुले खासै ध्यान नदिएको पनि लिम्बुले बताएका छन । गोर्खाहरुले आफ्नो र सन्तानहरुको हक अधिकारका लागि न्यायिक संघर्ष गरेपनि सन्तानहरुको कहाँ कतै सहभागीता नदेखेपछि गोर्खाका सन्तान गजेन्द्र लिम्बुले आक्रोस पोखेका छन । “बाउ बाजेले बनाएको गर्विला इतिहासले नै हामी गोर्खाका सन्तानहरु बेलायत आएका हौ, तर तीनै गोर्खाका सन्तानहरु हाम्रो हितका निम्ती वाउ पुस्ताले गरेको आन्दोलनमा नआउँदा हामी सबै गोर्खाका सन्तानहरुलाई धिकार छ । ” लिम्बूले भने ।

 

सामान्य काम गरेर खाने मात्रै कि त्यो भन्दा माथि सोच्ने भन्ने गोर्खाको छोराछोरीहरुमा छैन, लिम्बुले भने “आईएलआर भनेको राजनीतिक नियुक्ति हो, यो कुनै बेला खारेज हुन सक्छ ।”

 

“आवसीय सुविधा (आइएलआर) नभईन्जेल मात्रै ठुलो कुरा भनेर सबैले ठान्ने गरेको छ । पाईसकेपछि पनि त्यसको दःख पीडा अझ हुन्छ । भिषा मात्रै ठुलो लागेर गोर्खाका छोराछोरीहरु हक अधिकारको कुरा र विवेचनामा आउदैन । डिपार्टमेन्टमा सामान्य काम पाउँछ , पैसा आउँछ, टन्न वियर र मासु खायो अनि सुत्यो । गोर्खाहरुको हक अधिकार, विरासत के हो पुर्खाले कसरी लड्यो भन्ने थाह छैन”, उनले भने ।

 

वास्तवमा भन्ने हो भने बेलायत हाम्रो पुर्खाहरुको रगत पसिनाले सिचिएको देश हो । त्यसैले हाम्रो अधिकार बेलायतले खोस्न पाउदैन । नेपाल सरकारले पनि हाम्रो नागरिकता खोस्न पाउदैन । यो देश बनाउनमा हाम्रो पुर्खाहरुले वीरता र वाहदुरीताका साथ सीमानामा लडेर बनाएको इतिहास हो । त्यसैले पनि हामी बेलायतमा बस्न पाउनुपर्छ र हाम्रो बंशजको नागरिकता निरन्तरता हुनुपर्छ भन्ने हाम्रो माग भएको उनले बताए ।

 

आन्दोलनमा गोर्खाका छोराछोरीहरु नआउनुमा उनीहरुको कुनै सपना र भिजन नभएको र उनीहरुको जीवनमा एउटी केटी विहे गर्नु दाल भात, मासु र रक्सी खानु मात्रै भएको पनि लिम्बुले बताए । “यसो सुन्दा चित्त दुख्ला, तर यो यथार्थ हो । हामीमा भिजन हुनुपर्छ, भिजनविना बाँच्ने रिजन हुदैन । गोर्खाहरुको छोराछोरीमा चेतना नै जागेको छैन । चेतना नजागेसम्म गोर्खाका छोराछोरीहरुले बुझदैन ।” लिम्बुले भने आन्दोलनबाट दशौं हजार गोर्खाका सन्तानहरु आए तर अहिले उनीहरुलाई वास्तै नभएकोमा रोष प्रकट गरे ।

 

आन्दोलनले नै यहाँ आए भन्ने कुरा गोर्खाका छोराछोरीले विर्सिएर आन्दोलनप्रति कृतज्ञ हुनुपर्ने भएपनि त्यस्तो नभएकोमा उनले दुःख व्यक्त गरे ।

 

उनले अव वाँकी भविष्यका लागि सोच्नुपर्ने भएपनि यसबिषयमा कसैले नसोचेको बताए । “भोलीका दिन यहाँबाट पनि खेदछ, नेपाल गएपनि खेदछ, त्यसपछि कहाँ जाने यसबारे गोर्खाका सन्तानहरुले सोचेको छैन । त्यसपछि गोर्खा आन्दोलनले केही गरेन भनेर विरोध गदै बस्ने बाहेक केही हुदैन” उने भने ।

 

गोर्खाका छोराछोरीले बेलायत र नेपालमा पनि सुरक्षित खोज्ने हो । मानिसको आवश्यकता गाँउ वास कपास हो त्यो भन्दा आवश्यकताहरु धेरै छन । तर त्यसबारे गोर्खाका सन्तानहरुको कुनै ध्यान नदिएको पनि लिम्बुले बताए । सबै सन्तानहरु ल्याएर मात्रै हुदैन । ल्याएका सबै भातेहरु छ । भातेहरुले केही काम छैन, उनले आक्रोश पोखे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार