
बेलायत । लन्डनमा बसोबास गर्ने लिम्बु समुदायहरूले बलिहाङ तङनाम धुमधामका साथ मनाएका छन । लिम्बुहरूको संस्था लन्डन चुम्लुङको आयोजनामा आईतबार साउथ हेरोस्थित भेला भएर बलिहाङ तङनाम धुमधामका साथ मनाएका हुन ।
संस्कृतिको जगर्ना र उत्थानका लागि प्रत्येक बर्ष मनाउदै आएको साँस्कृतिक पर्वको निरन्तरताको स्वरूप लिम्बु समुदायले बलिहाङ तङनाम यसपटक मनाईएको लन्डन चुम्लुङका अध्यक्ष देव आङबुहाङले बताए । बलिहाङ तङनाम किरात याक्थुम ईतिहासको महत्वपुर्ण चाड रहेको स्मरण गर्दै अध्यक्ष आङबुहाङलेले यसले लिम्बु परम्परा र संस्कृतिहरूलाई सुनिश्चित गर्ने पनि बताए ।
यो संस्था कुनै पनि बिभाजक समुह नभएको जनाउदै संस्थाबारे फैलिन खोजेको भ्रमबारे स्पष्ट पार्दै अध्यक्ष आङबुहाङले समुदायमा सामाजिक र आर्थिक रूपले सहयोग गर्ने भावनासहित स्थापना गरिएको पनि बताए । संस्थाले साँस्कृतिक भेषभुषाको संरक्षण सम्बद्र्वन गर्ने पनि मुख्य ध्येय रहेको पनि उनले बताए ।
बलिहाङ तङनाम कार्यक्रममा लिम्बु सँस्कृतिका गायिका निरन्ता नेम्बाङले लिम्बु सँस्कृति सम्बन्धी लगायत अन्य मनोरञ्जनात्मक गीतहरूमा आफ्ना प्रस्तुती दिएकी थिईन । गायिका नेम्बाङले दिएकी प्रस्तुतीमा अधिकांश सहभागीहरुले नाँचेर रमाइलो गर्दै भरपुर मनोरञ्जन लिएका थिए ।
कार्यक्रममा लिम्बु लोक संगीतका सर्जक तथा साँस्कृतिक अभियान्ता भक्ति आङदेम्बेलाई सम्मान गरिएको थियो । लिम्बु लोक गीत संगीत र सँस्कृति संरक्षण र प्रवद्र्वनमा महत्वपुर्ण योगदान दिएका आङदेम्बेलाई लन्डन चुम्लुङले बिशेष सम्मान गरेको हो ।
कार्यक्रममा मौलिक झाँकीहरू धान नाँच, च्याब्रुङ नाँच लगायत साँस्कृतिक प्रस्तुतीहरू गरिएको थियो । कार्यक्रममा लिम्बु सँस्कति झल्कन ड्रेस र गरगहनामा सजिएर कलाकरहरूले झाँकी लगायत मनोरञ्जनात्मक प्रस्तुती दिएका थिए । कार्यक्रममा राफल ड्र समेत गरिएको थियो ।
लण्डन चुम्लुङका अध्यक्ष देव आङबुहाङ अध्यक्षता सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव किशोर आङदेम्बेले गरेका थिए ।यो संस्था कुनै समानन्तर संस्थाको रूपमा नभई संस्कतिलाई अध्ययन संरक्षण आपतकालिन अवस्थामा एकअर्कालाई सहयोग गर्ने उद्देश्य सहित गठन भएको लन्डन चुम्लुङका सचिव किशोर आङबुहाङले बताए ।
कसैको बिरूद्व समुह खोलिएको नभई एकअर्कामा भाईचारा जोडने उद्देश्यसहित स्थापना गरिएको बताउदै सचिव आङदेम्बेले जो कोही पनि भ्रममा नपर्न सबैसंग आग्रह गरे ।










