लन्डनमा कारको ठक्करबाट नेपाली विद्याथी युविन तामाङको निधन

लन्डन । बेलायतको लन्डनस्थित कारको ठक्करबाट नेपाली विद्यार्थी २० बर्षिय युविन तामाङको दुखद निधन भएको छ । रेडब्रिजलेन ईस्ट ईलफोर्ड नर्थ इस्ट लन्डनमा बाटो क्रस गर्ने क्रममा दु्रुत गतिमा हुइकिएको कारको ठक्करबाट नेपाली विद्यार्थी तामाङको गत १८ अक्टोबरमा दुखद निधन भएको हो ।

 

ठक्कर दिने र्‍यापर जस्टिन चाक्स सामुल रहेको र ठक्कर दिने र्‍यापर सामुललाई प्रहरीले नियन्त्रण लिएर अनुसन्धान गरिरहेको स्रोतले जानकारी दिएको छ । मृतक विद्यार्थी तामाङ विगत एक बर्ष अघि स्नातक अध्ययन गर्न बेलायत आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार