
लन्डन । ब्रिटिस भूतपुर्व सैनिकहरुले लामो समयदेखि भोग्दै आएको विभेद अन्त्यका लागि सम्बन्धित निकायसंग चरणबद्ध छलफल र बार्ताहरु चलिरहेपनि पुर्ण अधिकार पाउने कुरामा शंका पैदा भएको बार्तामा संलग्न ब्रिटिस गोर्खा वेल्फेयर सोसाइटीका अध्यक्ष मेजर टिकेन्द्र दल देवान बताएका छन ।
गोर्खाहरुको संलग्नतामा नेपाल र बेलायत सरकार पक्षिय भईरहेको बार्ताद्धारा गोर्खाहरुको मुख्य माग पेन्सन लगायतका अन्य बिषयमा बेलायत पक्ष गम्भिर नदेखिएकाले गोर्खाहरुको मुख्य माग पुरा हुने कुरामा शंका पैदा भएको अध्यक्ष देवानले बताएका हुन । आमरन अनसनले सरकार स्तरीय बार्ताको ढोका खुलेर केही सकरात्मक काम भएपनि उक्त बार्तामा सोचेअनुसार बेलायत पक्ष गम्भिर नभएको पनि अध्यक्ष देवानले बताए । आमरन अनसनपछि बार्ता ढिलाई भयो, त्यस क्रममा १९ पटक मिटिङहरु भएर केही निचोड आएपनि डिस्टवेसनहरु भने कायमै रहेको पनि अध्यक्ष देवानले बताए । सिलिचुङ डटकमसंग संक्षिप्त कुरा गर्दै अध्यक्ष देवानले बार्ताले बिषयप्रवेश पाएर अन्तिम स्टेजमा बेलायत सरकारले गोर्खाहरुलाई अफर्टेबल सोलुसन लिएर आउनु भनेको पनि बताए । अफर्टेवल सोलुसन भन्नुको मतलव पेन्सनमा समानता नभई अरु बिषयमा मिलनबिन्दु खोज्नका लागि छलफल गर्नु रहेको अध्यक्ष देवानले बताए ।
पेन्सनको माग पुरा नहुने कुरा बेलायत पक्षले संकेत दिईसकेको जनाउदै अध्यक्ष देवानले “इक्वल” पेन्सन पाउने कुरा अप्ठ्यारो रहेको पनि बताए । गोर्खाहरुको पेन्सनमा समानता गर्दा अन्य निकायहरुमा पनि त्यसले अप्ठ्यारो पार्ने र ठुलो भूईचालो ल्याउने बेलायत पक्षको भनाई रहेको देवानले बताए । “अफर्टेवल सोलुसन भन्ने कुरामा केही क्षतिपुर्ति (कम्पानसेसन) को कुरा आउने भएकाले त्यस बिषयमा गोर्खाहरुले सल्लाह गरेर पेश गर्नु पर्नेहुन्छ ।” मेजर देवानले भने ।
बेलायत पक्षले भनेको बिषयमा गोर्खाहरुवीच कुरा भईरहेको पनि अध्यक्ष देवानले बताए छ । “गोर्खा संगठनहरु धेरै छौं । धेरै भएपछि विचारहरु पनि फरक फरक हुन्छ, धेरै ठक्कर खान्छ । तर सम्झौता कुन चहि राम्रो प्याकेज छ, त्यसलाई अगाडी लानु उपयुक्त हुन्छ । मुख्य उनीहरुले कुन र के दिदैन भन्ने कुरा बुझ्नु जरुरी छ,” देवाने भने ।
बेलायत पक्षले युरोपियन हयूमन कोर्डमा केस हा र्यो भनेको छ । लिगल्ली चहि जो उनीहरुले व्यवस्था गरेको छ । लिगल्ली टाइट छ, त्यो एकदमै ठीक छ भनेर युरोपियन कोर्डले भनेको भन्ने उनीहरुले दावी गरेको पनि अध्यक्ष देवानले बताए साथै बेलायत पक्षले अर्को रेस्टोपेटिक भन्ने जो व्याक वेक्टेटिभ जे कानुनमै छैन । त्यो मिल्दैन भन्ने कुरा गरिरहेको छ । तर हामीले युरोपियन कोर्डमा केस हारेको नभई डिसक्रिमेशन छ, तर जस्टीफाई भनिरहेका छौं । त्यसको बास्तविकता पनि त्यही हो । यो बिषय यो बुझनै पनि गाह्रो रहेको उनले बताए । यी यस्ता कुराहरु बेलायत पक्षले गरिरहँदा अव हामीले लिगल पोलिसीको कुरा गरेर अगाडी बढनुपर्ने जरुरी रहेको पनि अध्यक्ष देवानले बताए







