
लन्डन । नेप्लिज ब्रिटिश गोरखा एसोसिएसन (एनबीजीए) इलिङ, लण्डनले दिवा भोज कार्यक्रम सम्पन्न गरेको छ । एभरेस्ट स्पाइस लाउन्ज, फेल्थाममा २४ जनवरीमा दिवा भोज कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त भेला संस्थाको पहिलो भेटघाटको रुपमा व्यवस्थापन भएको कारणले निकै रोचक भएको आभास सहभागीहरूले गरेका थिए ।
कार्यक्रमको सञ्चालन संस्थाका महासचिव रन मगरले गर्नुभएको थियो। अध्यक्ष देव आङबुहाङ लिम्बुले संस्थाको उद्देश्यहरूको बारेमा प्रकाश पार्दै नव निर्वाचित सह कोषाध्यक्ष महेन्द्र गुरुङ र इभेन्ट्स संयोजक अन्जु श्रेष्ठ, उक्त भेलालाई सफल गराउनको लागि अहोरात्र सहयोग प्रदान गर्ने सम्पूर्ण समितिका सदस्यहरू, रेस्टुरेन्टका मिनखनाल, गणेश भण्डारी लगायत सम्पूर्ण कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।
कार्यक्रमको शुभारम्भ परिचय मार्फत भएको थियो। कोषाध्यक्ष अमर राई र नवनिर्वाचित कोषाध्यक्ष महेन्द्र गुरुङले कार्यक्रमको लेखा पक्षको जिम्मेवारी लिएका थिए। उपाध्यक्ष तुल पुनले पनि संस्थाको विषयमा जानकारी गराउँदै सम्पूर्ण उपस्थित महानुभावहरुलाई स्वागत सहित धन्यवाद ज्ञापन गरेका थिए।
त्यस्तै संस्थाका सल्लाहकार कर्ण दर्लामी,पब्लिक रिलेसनका धन घले, समिति सदस्य रुद्र श्रेष्ठ, समिति सदस्य/सर्भेयर अशोक ढकाल, आर्किटेक्ट रचना श्रेष्ठ, काठमाडौँ कर्नरका सुनिल थापाले पनि आफ्नो परिचय सहित संस्थालाई शुभकामना व्यक्त गर्नुभएको थियो।
संरक्षक महन्त श्रेष्ठ ओबिईले संस्था स्थापना भएको र संस्थाको पहिलो भेट घाटको कार्यक्रम गर्न सफल भएकोमा आभार व्यक्त गर्नुभएकोथियो। उहाँले युकेमा इलिङवरोबासी नेपालीहरूले सुरुवातदेखि नै महत्वपूर्ण भूमिका खेलेको छ भनेर दर्शाउनुभयो।
मनोरञ्जन तर्फ भने मेमिसा घले र नेपालबाट युके भ्रमणमा पाल्नुभएका कलाकार डिआर सुजनले कर्णप्रिय लोकगीतहरु गाएर उपस्थित समूहलाई संगीतमय वातावरण दिनु सफल भएका थिए।
कार्यक्रम मनोरञ्जनात्मक र महत्त्वपूर्ण थियो, यो साँझ ५ बजेतिर समाप्त भयो।








