गोर्खा बार्ता निष्कर्षविहिन, बेलायती पक्ष लचिलो

लन्डन । ब्रिट्रिस गोर्खा भूतपूर्व सैनिकहरुको माग बिषयमा बेलायती रक्षा मन्त्रालयमा आज सम्पन्न त्रिपक्षीय वार्ता निष्कर्षविहिन बनेको छ । ब्रिट्रिस गोर्खा भूतपूर्व सैनिकहरुको समस्या समाधान गर्ने उद्देश्यसहित सम्पन्न बार्ता निष्कर्षविहिन बन्न पुगेको हो ।

 

बार्तामा सहभागी बेलायतका लागि नेपाली राजदुतावसका प्रतिनिधि र गोर्खाजन्य संगठनका प्रतिनिधिहरुले बार्ता निष्कर्षविहिन बन्न पुगेको बताउदै आगमी दिनमा पुनः छलफल गर्ने सहमती भएको छ ।

 

अघिल्लो छलफल भन्दा यसपटक बेलायती पक्ष लचिलो बनेपनि बार्ता ठोस निष्कर्षमा पुग्न नसकेको बार्तामा सहभागीहरुले बताएका छन ।

गोर्खाहरुले बेलायतको राजदुतावासमार्फत अफर्टेवल सोलुसन अन्तर्गत बेलायत सरकारसमक्ष पेश गरिएको ११ बुंदे सहमतिको प्रस्तावमा बेलायत सरकारका तर्फबाट स्पष्ट धारणा नआएपछि थप छलफल गर्ने सहमती भने भएको छ ।

 

वार्ता शुरु हुनुअघि आएकी बेलायती भेट्रान मन्त्री लुइस स्यान्डर्स जोन्सले गोर्खाहरुको सहमति प्रस्तावबारे बेलायत सरकार सकारात्मक रहेको र यसबारे आफूहरुले थप छलफल गर्नेे बताएकी थिइन्।

 

वार्ताको शुरुमै बेलायती रक्षा मन्त्रालयका अधिकारीले पेन्सनका विषयमा प्रवेश नै गर्न नसकिने भन्दै वेल्फेयरबारे छलफल गर्न गरेको आग्रह गोर्खा प्रतिनिधिहरुले ठाडै अस्वीकार गरेका थिए ।

 

यसपटकको बार्तामा घम्साघम्सी समेत भएको थियो । मुख्य बिषयमा छलफल नभए आफु बसिरहेको स्थान नछोडने भन्दै गोर्खा सत्याग्रही पुष्पा राना घलेले कडा अडान लिएकी थिइन ।

 

वार्तामा सहभागी बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले गोर्खाहरुको राखेको कुरा नै नेपाल सरकारको पनि धारणा रहेको बताएका थिए ।

 

त्यसपछि केही समय बाार्ता रोकेर अर्को चरणको छलफल शुरुवात गरिएको थियो । त्यसपछि बेलायती पक्षले दुई साताभित्र बेलायत सरकार जवाफसहित प्रस्तुत हुने वचन दिएका थिए ।

 

अहिले भएको सम्पुर्ण कुरालाई सकरात्मक रुपमा लिएर अगाडी बढनुपर्ने बेलायतका लागि नेपाली कार्यवाहक दुवाडीले बताए । उनले बाँकी छलफल अझ सकरात्मक रुपमा बढने विश्वास व्यक्त गरे ।

जी टेन सदस्यहरु र कार्यवाहक राजदूत दुवाडीको अडानका कारण बेलायत ‘फाइनान्सियल इष्यू’ बाट पछाडी हटन नसकेको गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति बेलायतका प्रमुख संयोजक कृष्णबहादुर राईले बताए । ‘बेलायतका तर्फबाट छलफल गरेर दुई साताभित्र फेरि बसौं भनेका छन् । हामीले आनाकानी गर्ने हो भने आन्दोलनको विकल्प छैन् भनेर चेतावनी दिएका छौं’, राईले भने ।

 

दुई हप्तापछि बार्ता सकरात्मक रुपमा अगाडी नबढे आन्दोलनमा जाने गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार