पूर्वमा कोइराला परिवार कमजोर बन्दै

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रदेश‍-१ मा संस्थापन पक्ष बलियो हुँदै गएको छ । कांग्रेसको १३ औँ महधिवेशनमा तत्कालिन पूर्वाञ्चल विकास क्षेत्रबाट एकजना मात्रै देउवा पक्षका सभापति निर्वाचित भएका थिए ।

 

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रदेश‍-१ मा संस्थापन पक्ष बलियो हुँदै गएको छ । कांग्रेसको १३ औँ महधिवेशनमा तत्कालिन पूर्वाञ्चल विकास क्षेत्रबाट एकजना मात्रै देउवा पक्षका सभापति निर्वाचित भएका थिए ।

 

 

त्यो बेला ओखलढुंगामा मात्रै सभापति जितेको देउवा पक्षले अहिले भने सातवटा जिल्लामा सभापति जितिसकेको छ ।प्रदेश-१ मा गजेन्द्र तुम्याहाङ ताप्लेजुङ, रूपनारायण जबेगु पाँचथर, तेजेन्द्र खनाल ओखलढुङ्गा, डम्बर खड्का इलाम र हिमाल कार्की उदयपुर सभापति बनेका छन् । उनीहरू संस्थापन पक्ष अर्थात् सभापति देउवानिकट छन् ।

यस्तै, सोलुखुम्बु र धनकुटामा पनि सभापति देउवानिकट सभापति विजयी भएका छन् । धनकुटाका दिनेश राई र सोलुखुम्बुमा नाम्गेल जाङ्बु शेर्पा सभापतिमा निर्वाचित भएका छन् ।

 

कोइराला-पौडेल पक्षले पनि ६ जिल्लाको नेतृत्व आफ्नो पक्षमा पारेको छ । एक जिल्लामा भने सिटौला पक्षले विजय हासिल गरेको छ । कोइराला-पौडेल समूहले प्रदेशका सुनसरी, मोरङ्ग, संखुवासभा, तेह्रथुम, खोटाङ र भोजपुर जिल्लाको नेतृत्व लिएको छ ।

 

कोइराला-पौडेल समूहबाट दीपक खड्का संखुवासभा, अर्जुनबहादुर तुम्बाहम्फे तेह्रथुम, विष्णु राई खोटाङ, विनोद बान्तावा भोजपुर र केदार भण्डारी सुनसरी सभापति बनेका छन् । झापामा कृष्णप्रसाद सिटौला निकट देउमान थेबे जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।

 

धनकुटा, मोरङ र सोलुखुम्बुमा भने अधिवेशन सम्पन्न भइसकेको छैन । निर्वाचन प्रक्रिया जारी छ । कोइराला परिवारको क्षेत्र भएकाले यसअघि यो प्रदेशमा कोइराला परिवारको वर्चश्व थियो । तर, यस अधिवेशनमा भने कोइराला परिवारको वर्चश्व कमजोर मात्रै भएको देखिएन रक्षात्मक अवस्थामा पुगेको छ । मोरङमा कोइराला निकट डिगबहादुर लिम्बूले संस्थापनका दिलिप गच्छदारलाई हराए ।

 

कांग्रेसको १३ औँ महाधिवेशनमा  १६ मध्ये १५ जिल्ला (तत्कालीन पूर्वाञ्चल) मा सभापति जितेको कोइराला समूह यही तथ्यांकले पनि  रक्षात्मक अवस्थामा पुगेको देखाउँछ ।

 

आफ्नै गृहजिल्ला मोरङमा समेत कोइराला पक्षलाई जित निकाल्न सहज भएन । विधानत ५१ प्रतिशत मत ल्याउन नसकेपछि मोरङमा पुन: मतदान हुँदैछ । तीन जनाबीचमा सभापतिका लागि प्रतिस्पर्धा भएको मोरङमा कोइराला पक्षका डिगबहादुर लिम्बूले सबैभन्दा बढी मत प्राप्त गरे । तर, ५१ प्रतिशत पुगेन ।

 

उनले एक हजार ५ सय ४४ मत ल्याएका थिए भने संस्थापनका दीलिप गच्छदारले १ हजार १६६ मत प्राप्त गरे । अर्का प्रतिस्पर्धी यदु विष्टले ५६३ मत ल्याएका थिए ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार