
भोजपुर । माओवादी केन्द्रका वडा कमिटी अध्यक्षसहित विभिन्न पार्टी परित्याग गरि ६ जना एमालेमा प्रवेश गरेका छन् । भोजपुर नगरापालिका वडा नं ८ वडा कमिटी अध्यक्ष सीताराम तामाङ एमालेमा प्रवेश गरेका हुन् ।
त्यस्तै नेपाली काङग्रेसका नगर कमिटी सदस्य प्रशुराम प्रधान, भक्त बहादुर प्रधान, नेपाली काङग्रेसका दलित संघ जिल्ला समिटि उपाध्यक्ष रामचन्द्र सुन्दास, नेपाली काङग्रेस वडा समिति सचिव कमला अधिकारी र नेपाली काङग्रेस क्रियाशिल सदस्य प्रेम कुमारी बस्नेत एमालेमा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई नेकपा एमाले स्थायी कमिर्टी सदस्य शेरधन राईले पार्टीमा स्वागत गरेका छन् ।
भोजपुरको विकासका लागि एमालेको गुरुयोजना सार्वजनिक
नेकपा एमाले भोजपुरले जिल्लाको विकासको गुरुयोजना सार्वजनिक गरेको छ । जिल्लाका बृहत्तर विकासका लागि सडक, पुल, विद्युत्, कृषि, रोजगारी, पर्यटन, खानेपानी लगाएतको योजनाबद्ध विकास गर्ने लक्ष्यका साथ एमालेले गुरुयोजना तयार गरेको हो ।
गुरुयोजनाको एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मुख्यमन्त्री शेरधन राई सार्वजनिक गरेका हुन् । पार्टीले विज्ञ समुह गठन गरेर तयार गरिएको गुरुयोजनामा यहाँका जनताको आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर विकासको खाका तयार गरिएको एमालेको जिल्ला पार्टी अध्यक्ष शरण कुमार राईले जानकारी दिए ।
विज्ञहरुले तयार गरेको यो गुरुयोजनालाई यहाँका स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारलेसमेत कार्यान्वयन गराउने एमालेले जनाएको छ । ‘समृद्ध भोजपुर र सम्मानित भोजपुरको आधार, कृषि पूर्वाधार उत्पादन र रोजगार’ भन्ने मुल नाराका साथ गुरुयोजना तयार गरिएको हो ।







