उदयपुरको कटारीमा बुथ कब्जा गर्न खोज्दा गोली चल्यो, एकजनाको मृत्यु

उदयपुरको कटारी नगरपालिका-१० स्थित  कालिका माध्यमिक विद्यालय मतदान केन्द्रमा झडप हुँदा एकजनाको मृत्यु भएको छ। झडप नियन्त्रणका क्रममा  प्रहरीले ८ राउण्ड गोली चलाएको छ।

कटारी १० मतदान स्थल कालिका माध्यमिक विद्यालय सोरूङ छबीसेमा मतदान अन्तिम समयमा पुगेको बेला स्थानीयले बुथ कब्जा गर्न खोजेपछि गोली चलाउनुपरेको उदयपुरका प्रहरी प्रमुख सुवासचन्द्र बोहोराले जानकारी दिए।

त्यहाँका स्वतन्त्र रुपमा वडाअध्यक्षका प्रत्यासी गौरव कटुवालका भतिजा  करिब २० वर्षीय प्रवीण कटुवालको गोली लागेर ज्यान गएको छ। स्थानीय छत्र कटुवालले प्रवीणको घटनास्थलमै मृत्यु भएको बताएका छन्। तर प्रहरीले भने मृत्युको पुष्टि गरेको छैन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार