
भोजपुर । स्थानीय निर्वाचनमा जिल्लाभरी करिव ६१ प्रतिशत मत खसेको छ । एक लाख २५ हजार ७ सय ५ मतदाता रहेको मध्ये ६१ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन कार्यालय भोजपुरले दिएको जानकारी अनुसार षडानन्द नगरपालिकामा ६५ दशमलव ४४, साल्पासिलिछो गाउँपालिकामा ६० दशमलव ४३, टेम्केमैयुङ गाउँपालिकामा ६२ दशमलव एक, रामप्रसाद राई गाउँपालिकामा ५९ दशमलव २४, हतुवागढी गाउँपालिकामा ५५ दशमलव ८१, आमचोक गाउँपालिकामा ५९ दशमलब ७९ प्रतिशत मत खसेको छ । जिल्लाको पुर्वी अरुण गाउँपालिका ६१ दशमलव २७ र भोजपुर नगरपालिका ६० दशमलब २७ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । पौवादुङमा गाउँपालिकाको भने विवरणमा आउन बाँकी रहेको छ ।








