
भोजपुर । स्थानीय तह निर्वाचनको मतगणना शुरु भएको छ । ९ वटा स्थानीय तह रहेको भोजपुरमा मतगणना शुरु भएको हो । पछिल्लो जानकारी अनुसार भोजपुरको हतुवागढी गाउँपालिकाको मतगणना शुरु भएको छ ।
पत्रकार महासंघ भोजपुरका अध्यक्ष एक्सन राईले दिएको जानकारी अनुसार गठबन्धनको तर्फबाट प्रमुखमा नेपाली कांगे्रेसको उम्मेदवार गजेन्द्र कार्कीले अग्रता हासिल गरेको छ । उप्रमुखमा भने नेकपा एमालेका कमला राईले अग्रता हासिल गरेको छ । ताजा जानकारी अनुसार गजेन्द्र कार्कीले ४७ र नेकपा एमालेका प्रेमकुमार राईले ४२ मत प्राप्त गरेको छ ।
उपप्रमुखमा नेकपा एमालेका कमला राईले ४७ र गठबन्धनका तर्फबाट उम्मेदवार नेकपा माओवादी केन्द्रका सुनिता किरातीले ३९ मत प्राप्त गरेकी छिन । हतुवागढी गाउँपालिकाको वडा नं १ को मत गणना शुरु गरिएको हो । जसअनुसार १ नम्बर वडा अध्यक्षमा नेकपा एमालेका कुमार विष्टले ५४ र कांगे्रसका पृथ्वी थापाले ३९ मत प्राप्त गरेको छ । वडा तहमा भने एमालेले अग्रगता हासिल गरेको छ ।








