
भोजपुर । जिल्लाको हतुवागढी गाउँपालिकाको मतगणना जारी रहेको छ । पछिल्लो जानकारी अनुसार भोजपुरको हतुवागढी गाउँपालिकाको प्रमुखमा एमालेका प्रेमकुमार राईले अग्रता कायम गरेका छन ।
प्राप्त जानकारी अनुसार एमालेका प्रेमकुमार राईले गठबन्धनको तर्फका नेपाली कांगे्रेसका उम्मेदवार गजेन्द्र कार्कीलाई पछाडी पार्दै अग्रता हासिल गरेका छन । उप्रमुखमा पनि नेकपा एमालेका कमला राईले अग्रता हासिल गरेकी छिन । वडा नं ९ हसनपुरको गणना गर्दा प्रेमकुमार राईको ६१ र गजेन्द्र कार्कीको ३५ रहेको छ ।
उपप्रमुखमा नेकपा एमालेका कमला राईले ६१ र गठबन्धनका तर्फबाट उम्मेदवार नेकपा माओवादी केन्द्रका सुनिता किरातीले ५० मत प्राप्त गरेकी छिन । वडा ९ को अध्यक्षमा नेकपा एमालेका सन्जल राईले ५० र गठबन्धनका तर्फबाट नेकपा माओवादीका केसरमान राईले ३५ मत प्राप्त गरेको छ ।








