
प्रधानसेनापति प्रभुराम शर्माले स्टेट पार्टनरसीप प्रोगाम (एसपीसी)को डकुमेन्ट सही नभएको भन्दै जनतालाई भ्रम छर्न खोजिएको प्रष्टिकरण दिएको छ ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सहभागी हुँदै उनले भने,‘एसपीपीको डकुमेन्ट सही होइन। नेपाली जनतालाई भ्रम पार्न खोजियो। दस बुदे डकुमेन्ट सही होइन।’
उनले कुनै सैन्य गठबनधनमा जानका लागि एसपीपी प्रोगाममा भाग नदिएको दाबी गरेका छन्। ‘हामी कुनै सैन्य गठबन्धनमा जानका लागि स्टेट पार्टनरसिप प्रोग्राममा भाग लिएका थिएनौं,’ उनले भने, ‘हामी सैन्य गठबन्धनमा भाग लिन पनि चाहदैनौं। नेपालको परराष्ट्र निति विपरीत नेपाली सेना जान सक्दैन।’







