भोजपुर । जननेता मदन भण्डारीको ७१ औं जन्म जयन्ती भोजपुरमा पनि मनाइएको छ । उनको स्मृतिमा मदन भण्डारी फाउन्डेसन भोजपुरले ‘नेपाल कम्युनिष्ट आन्दोलनमा जन नेता मदन भण्डारीको योगदान’ र नेपाली क्रान्तिमा जबजको विकास र सान्दर्भिकता विचार गोष्ठी गरिएको हो ।
मदन भण्डारी फाउन्डेसन भोजपुरकी अध्यक्ष सृजना राईको अध्यक्षतामा भएको कार्यक्रम मार्फत नेपाली कम्युनिष्ट आन्दोलनमा भण्डारीले पुर्याएको योगदानको विषयमा नेताहरुले आफ्नो धारणा राखेका थिए ।









