छोरीसंगै भिषण मुकारूङले ल्याए ‘ए छोरी, ए बाबा’ (भिडियोसहित)

  सिलिचुङ सम्बाददाता

भोजपुरगायक तथा सङ्गीतकार भीषण मुकारुङको नयाँ गीत सार्वजनिक भएको छ । गायक भिषण र उनकी छोरी अभियन्ता मुकारुङको स्वरमा ‘ए छोरी, ए बाबा’ बोलको गीत सार्वजनिक भएको हो ।
दुई दशकभन्दा लामो समयदेखि गायनमा सक्रिय भीषणकी छोरी अभियन्ताले पहिलोपटक गीत रेकर्ड गराएकी हुन् ।
सात वर्षकी अभियन्ताले यसअघि अन्य गायिकाहरूको गीतमा कभर भर्सनमा रेकर्ड गराएकी छन् । तर यो उनको आफ्नै पहिलो गीत हो । गीतको स्टुडियो भिडियो अभियन्ता मुकारुङको युट्युब च्यानलमार्फत युट्युबमा सार्वजनिक गरिएको छ ।
बाबु र छोरी बीचको स्नेहलाई दर्शाएको उक्त गीत भीषणकै श्रीमती तथा कवि सुमित्रा लिम्बु (सुमित्रा प्रवृत्ति)ले लेखेकी हुन् । लामो समयपछि आफ्नै श्रीमान र छोरीका लागि गीत लेखेकी हुन् ।
गीतमा भिषण आफ्नैको सङ्गीत छ भने गीतको रेकर्डिङ उनकै पृथक रेकड्स स्टुडियोमा गरिएको हो । गीतलाई कुशल सिहले एरेञ्ज, दिल सार्कीले रेकर्डिङ तथा दीप घतानीले मास्टरिङ तथा मिक्सिङ गरेका छन् । भिडियोमा मनोज राईको छायाँकन र सम्पादन छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार