“माटो जोगाऔँ” अभियान लिएर दौडेका धावक नविन जब भोजपुर आईपुगे…..

  सिलिचुङ सम्बाददाता

 

 

भोजपुर । माटो जोगाऔँ अभियान लिएर दौड लगाउँदै धावक नविन पुन मगर भोजपुर आईपुगेका छन् । अभियानका क्रममा ३५ सय किलोमिटर दौडिने लक्ष्यका साथ अभियान लिएका पर्वतका पुन विभिन्न जिल्लाहरुमा सचेतना मुलक कार्यक्रम गर्दै दौडर्दै भोजपुर आईपुगेका हुन ।
विषादीका कारण माटोको आयु सकिन लागेको भन्दै अभियान मार्फत उनी देशदौडाहामा निस्केका हुन् । उनी भोजपुर आईपुग्दा १३ सय मिटर दौडेको दाबी गर्छन् । भोजपुर आईपुगेका पुनले रिमाचुङ स्पोर्टस् एकेडेमीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा माटोमा जैविक पदार्थ अभावका कारण माटोको आयु सकिन लागेको बताए ।
माटोको उर्वरा शक्ती रहुन्जेल मानव अस्तित्व रहने र माटोको उर्वरा शक्ति सकिन साथ मानिसको अस्तित्व संकटमा पर्ने भएकाले बेलैमा माटोको जैविक पदार्थ जोगाउन तर्फ सवै लाग्नु पर्ने उनको भनाई छ । आधुनिकताका नाममा माटोमा विषादी प्रयोग गरी माटोमा हुने जैविक पदार्थ नष्ट हुने भएकाले माटो मरुभुमीकरण भएको मगरले बताए । स्वास्थ्य माटो हुनलाई कम्तीमा ३ प्रतिशत जैविक पदार्थ हुनुपर्ने बताउँदै उनले आर्गनिक खेतीउन्मुख हुन आग्रह गरेका छन् । यसलाई आर्थिक संकट नआउने गरि क्रमिक रुपमा अर्गानिक खेतीतर्फ जानुपर्ने बताए ।
मुख्यगरी स्थानीय, प्रदेश र केन्द्रिय सरकारले निती बनाएर लागु गर्नुपर्नेमा उनले जोड दिए । उनले राजनीतिक युद्धका कारण भयावह भएको बताउदै माटो मरुभुमीकरण हुँदा भविष्यमा खानाका लागि बन्दुक उठाउन बाध्य हुने औल्याए । मगरले आफ्नो अभियानबाट सबैले सकारात्मक र अत्यन्त आवश्यक अभियानको प्रतिक्रिया पाएको भन्दै यो तर्फ सबैले आफ्नो क्षेत्रबाट अभियानलाई अगाडी बढाएको बताए । यस अभियानलाई विश्वले नै आवश्यक ठानी नियाली रहेको बताए । अभियानमा उनीसंगै तीनजना अन्य धावक पनि समावेश छन् ।
अभियानका लागि आर्थिक सहयोग गर्ने कुनै दातृ निकाय नभएकाले स्वेच्छाले दिएको लिने बताए । उनीहरुको अभियानलाई भोजपुर उद्योग वाणिज्य संघ र भोजपुर फुटबल संघले आर्थिक सहयोग समेत गरेको छ भने रिमाचुङ स्पोर्टस् एकेडेमीले मायाको चिनो समेत दिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार