यौन दुव्र्यवहारमा आरोपित शिक्षक राईमाथि अनेरास्ववियु भोजपुरको कडा कारबाहीको माग

  सिलिचुङ सम्बाददाता

 

 

भोजपुर । विद्यार्थीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका धनकुटा नगरपालिका ८, सान्ताङस्थित देउराली माध्यमिक विद्यालय शिक्षक चन्द्र कुमार राईमाथि अनेरास्ववियु भोजपुरले कडा कारबाहीको माग गरेको छ । विद्यालयका छात्राहरुमाथि भएको यौन दुव्र्यवहारप्रति घोर निन्दा गर्दै दोषी शिक्षक राईलाई कानुनी कारबाही गर्न अनेरास्ववियुले माग गरेको हो ।
विद्यार्थी छात्रामाथि हुने यौनजन्य जघन्य अपराध गर्नेलाई कानुनको कठघरामा उभ्याएर कडाभन्दा कडा कारबाही गर्नुपर्ने अनेरास्ववियु जिल्ला कमिटि भोजपुरका सचिव निशान राईले बताए । उनले छात्रामाथि यौन दुव्र्यवहार गर्ने शिक्षकलाई कानूनी उपचार गर्न माग गरिएको बताए । भने, ‘अप्रत्यक्ष रुपमा कयौँ विद्यालयमा यस्ता किसिमका अपराध भईरहेका छन्, यसलाई हामीले उन्मुक्ति दिन हुन्न, शिक्षक राईलाई हदैसम्म कारबाही हुनुपर्छ’
शिक्षक राईले पटकपटक गरेको यौन दुव्र्यवहारविरुद्ध अभिभावकले प्रहरीमा जाहेरी दिएपछि उनलाई नियन्त्रणमा लिईएको थियो । सहिदभूमि गाउँपालिका ३ का ४० वर्षिय राईले अध्यापन गराउने सोहि विद्यालयका कक्षा ८, ९ र १० का छात्राहरुको संवेदनशिल अंगहरु छुने, चिमोट्ने, वक्षस्थल ढाक्ने वस्त्र तन्काउने जस्ता दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार