
भोजपुर । भोजपुर लागूऔषधसहित दुईजना युवक पक्राउ परेका छन् । ३ सय मिलिग्राम ब्राउन सुगरसहित प्रहरी हतुवागढी गाउँपालिका ९ गैरीगाउँबाट दुईजनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा हतुवागढी गाउँपालिका ९, गैरीगाँउ स्थितमा हतुवागढी गाउँपालिका –८ पात्लेपानीका सुमोत राई र भक्त बहादुर थापालाई ब्राउन सुगरसहित प्रहरी पक्राउ गरेको हो । लागूऔषधसहित धरानबाट घरतर्फ आउने क्रममा चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक अर्जुनकुमार अधिकारीले जानकारी दिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय भोजपुर ल्याई लागुऔषध ओसारपसार कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।








