
ताप्लेजुङ । आसन्न मंसिर ४ मा हुन गईरहेको प्रतिनिधि र प्रधेशसभा निर्वाचनमा प्रतिनिधिसभाका लागि ताप्लेजुङमा नेकपा एमालेका सचिव तथा युवा नेता योगेश भट्टराई र गठबन्धनको तर्फबाट माओवादी केन्द्रीय सदस्य खेलप्रसाद बुढा क्षेत्री (पराग) वीच प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धनले भागवण्डा टुंगो लगाएसंगै उम्मेदवारी दर्तापछि एमालेका योगेश भट्टराईसंग गठबन्धनबाट माओवादीका खेलप्रसाद बुढा क्षेत्रीले प्रतिस्पर्धा गर्ने भएको छ ।
प्रतिनिधिसभाका लागि १ वटा निर्वाचन क्षेत्र रहेका ताप्लेजुङमा एमालेका केन्द्रीय सचिव तथा युवा नेता योगेश भट्टराईलाई गठबन्धनका उम्मेदवार माओवादी केन्द्रीय सदस्य खेलप्रसाद बुढा क्षेत्री (पराग) वीच कडा प्रतिस्पर्धा हुने भएको छ । अघिल्लोपटकको निर्वाचनमा जितेर संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री समेत भएका योगेश भट्टराईलाई माओवादी केन्द्रीय सदस्य खेलप्रसाद बुढा क्षेत्री (पराग)ले कडा चुनौती दिने भएका छन । गठबन्धनको उम्मेदवार खेलप्रसाद बुढा क्षेत्री (पराग) को उम्मेदवारीले एमाले केन्द्रीय सचिव योगेश भट्टराईलाई यसपटक चुनाव जित्न सकसपूर्ण हुने देखिएको छ । विद्यार्थी राजनीतिबाट उदाएका एमाले केन्द्रीय सचिव भट्टराई काठमाडौं ५ बाट निर्वाचन लडदै आएका थिए । काठमाठौं –५ बाट निरन्तर हार व्यहोरेपछि अघिल्लो पटक चुनाव लडन भट्टराई आफ्नै गृहजिल्ला गएर निर्वाचन जितेका थिए ।
माओबादी केन्द्रीय सदस्य “पराग” जिल्लामा शालिन र बौद्विक ब्यक्तिको रूपमा परिचित व्यक्ति हुन । शिक्षण पेशामा आबद्व रहदै माओबादी जनयुद्वमा होमिएका पराग शान्ति प्रक्रियापछि माओवादीको जिल्ला सेक्रेटरी, इन्चार्ज हुदै अध्यक्ष समेत भएका थिए । एमाले र माओवादी एकीकरणपछि बनेका नेकपा ताका उनी प्रदेश सद्स्य थिए । सामान्य परिवारका पराग ले पार्टीमा संलग्न रहेर कुनै पदको लाभ नलिएको व्यक्ति भित्र पर्छन ।
नेपालको सुदुरपुर्वमा रहेको ताप्लेजुङ बौद्धिक व्यक्ति जन्माउने उर्वर भुमि भएपनि विकासको हिसावले भने फड्को मार्न सकेको छैन । नेकपा एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारी र आँखा विशेषज्ञ डा. सन्दुक रुइत र इतिहासकार तथा राजनीतिक शास्त्री डा. सुरेन्द्र केसीजस्ता व्यक्तित्वहरु ताप्लेजुङले जन्माएका हुन ।
प्राकृतिक रूपमा सुन्दर ताप्लेजुङ मनमोहक कन्चनजंङघा, कुम्भकर्ण जस्ता हिमालहरू पनि यसै जिल्लामा पर्छन । धार्मिक र पर्यटकीय हिसावले महत्वपुर्ण क्षेत्र रहेको ताप्लेजुङले विकासप्रेमी नेता पाउन सकेको छैन । आगामी निर्वाचनमा भट्टराई या पराग कसले बाजी मार्छन निर्वाचनपछि देखिनेछन । ०७४ को संघिय निर्वाचनमा बाम गठबन्धनबाट योगेश भट्टराई उम्मेद्वार हुदाँ भट्टराईलाई जीताउन पराग खटिएका थिए । तर यसपटक भने भट्टराई र परागवीच प्रतिस्पर्धा हुदैछ ।
अघिल्लोपटक निर्वाचनमा जनताहरुलाई भोट माग्दा उम्मेदावरहरुले विकास गर्ने बाचा गरेका थिए । विकास गर्ने बाचा गरेपनि जिल्लाको विकासमा भने कुनै सुधार भएन । एमाले नेता भट्टराई मन्त्री भएपनि निर्वाचन ताका गरेका बाचाहरु समेत पुरा नगर्दा दर्जनौं योजनाहरु अलपत्र परेका छन ।
भट्टराईले पालिकाहरूको सडक कालोपत्रे गर्ने, शैक्षिक भवनहरू निर्माण गरी आधुनिक शैक्षिक ब्यबस्थाको बाँचा गरेका थिए । जनजाति समुदायको बाहुल्य रहेको ताप्लेजुङको ऐतिहासिक महत्व रहेको तिम्बुङ पोखरीलाई पर्यटन मन्त्रि हुदाँ बिष्णुमती बनाउने दुस्सप्रयास गरेको जनताहरुको गुनासो छ । जसले गर्दा ताप्लेजुङबासीहरु भट्टराईप्रति असन्तुष्ट छन ।
गठबन्धनबाट उम्मेदवार बनेका परागले ताप्लेजुङ फुङलिङ बजारमा रिङरोडको योजनासँगै प्रत्येक पालिकाहरूमा कालोपत्रे सडकले जोड्ने प्रतिवद्धता गरेका छन । उनले पर्यटनकीय सम्भावना रहेको झरना, पोखरीहरूको स्तरोउन्नतीसँगै बिभिन्न सडकहरू कालोपत्रे गर्ने योजनाहरू पुरा गर्ने बताएका छन । कृर्षि क्षेत्रमा अलैचीको अत्यधिक सम्भावना भएको जिल्लामा अलैची प्रशोधन केन्द्र साथै बजारिकरणको पहल गर्ने समेत प्रतिबद्वता जनाएका छन ।








