
राजनीति अरू कुनै क्षेत्रजस्तो पूर्वनिर्धारित बाटो भएर सधैं नहिँड्न सक्छ । राजनीतिमा आउनेहरूले अप्ठेरा, अनिश्चतता र आकस्मिकता सामनाका लागि तयार रहनुपर्छ । अविच्छिन्नता र अविचलित पहिलो सर्त हो । योग्यता, योगदान र पहलकदमी उस्तै अनिवार्य हो । यी सबै देखेर पनि पछिल्लो समयमा लाखौं युवाहरू राजनीतिमा आकर्षित भइरहेका छन् । समाजका फरक–फरक क्षेत्रका मान्छेहरू पनि राजनीतिमा आउने प्रयासमा छन् । पछिल्लो समय राजनीतिमा आइरहेका ती लाखौंहरू अर्थात् भीडमा अलग परिचय र पहिचान बनाउन सक्नेहरू असाध्यै कम छन् ।
ती कम नेताहरूमध्येका एक हुनुहुन्छ, ‘भोजपुरे नेता क.हरिबहादुर राई ।’ भोजपुरको भूगोलको संगठनसँगै युवा संघ नेपालको राजनीतिबाट देशभर आफ्नो अलग पहिचान र अग्लो परिचय बनाउनुभएको छ । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघमा उहाँले संगठित गरेका सयौं युवाहरू आज पार्टी र राजकीय जिम्मेवारीमा पुग्नुभएको छ । उहाँले प्रशिक्षित र संगठित गर्नुभएका धेरै नेताहरू प्रतिनिधिसभामा निर्वाचित भएर संघीय सरकारको मन्त्री, प्रदेशसभामा निर्वाचित भएर प्रदेशसभाको मन्त्री भइसक्नुभएको छ । हाल नेकपा (एमाले)को केन्द्रीय कमिटी सदस्य तथा भोजपुर इन्चार्ज रहनुभएका हरिबहादुर राई आगामी ४ मंसिर २०७९ मा हुने आमनिर्वाचनमा भोजपुर क्षेत्र नं.(क)बाट प्रदेशसभाको लागि नेकपा (एमाले)को उम्मेदवार हुनुहुन्छ । नेपाली राजनीतिमा आफ्नो फरक परिचय र पहिचान बनाइसक्नुभएका नेतालाई भोजपुरले जनताले आफ्नो उम्मेदवारको रूपमा पाउनु खुसी र गर्वको विषय हो ।
टेम्केको फेदीदेखि राष्ट्रिय राजनीतिको केन्द्रसम्म
भोजपुरको टेम्के मैयुङ–५ खावामा आमा मित्रमाया राई र बुबा समृतमान राईको जेठा सन्तानको रूपमा २०२५ मा जन्मिनुभएका उहाँ २०३९ सालदेखि राजनीतिमा सक्रिय हुनुभयो । देशभरि पञ्चायती व्यवस्थाविरुद्ध विद्रोहको आगो फैलिरहेको थियो । त्यो आगो भोजपुरसम्म पनि आइपुग्दै थियो । यही रापतापमा २०३९ देखि विद्यार्थी राजनीतिमा सामेल हुनुभयो । २०४० मा अनेरास्ववियु एकता पाँचौंको सदस्यता लिनुभयो । २०४२ मा अनेरास्ववियु अन्नपूर्ण माध्यमिक विद्यालय प्रारम्भिक कमिटीको सदस्य बन्नुभयो । अन्नपूर्ण माविबाट एसएलसी उत्तीर्ण गरेलगत्तै उच्च शिक्षाका लागि भोजपुर बहुमुखी क्याम्पस आउनुभयो । २०४६ सालमा अनेरास्ववियु भोजपुर बहुमुखी क्याम्पस प्रारम्भिक कमिटी सदस्यमा निर्वाचित हुनुभयो । २०४६ सालको जनआन्दोलनमा संयुक्त वाममोर्चा खावाको संयोजकको जिम्मेवारी सम्हाल्नुभयो ।
२०४६ सालको पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा सक्रिय रहनुभएका उहाँले २०४६ को जनआन्दोलनको सफलतासँगै पार्टी राजनीति सुरु गर्नुभयो । २०४७ मा नेकपा (माले)को संगठित सदस्यता लिनुभयो । २०४७ मा नेकपा (एमाले) गाउँ पार्टीको उपसचिव बन्नुभयो । २०४९ सालमा नेकपा (एमाले) जिल्ला कमिटी सदस्यमा निर्वाचित हुनुभयो । २०५४ सालमा जिल्ला विकास समिति भोजपुरको सदस्यमा निर्वाचित हुनुभयो । जिल्ला विकास समिति सदस्यको रूपमा २०५४ देखि २०५९ सम्म जिम्मेवारी सम्हाल्नुभयो । २०५४ देखि २०५८ सम्म पार्टी जिल्ला कमिटीको उपसचिवको जिम्मेवारी सम्हाल्नुभयो । यसैगरी २०६५ देखि २०६८ सम्म नेकपा (एमाले) जिल्ला कमिटीको उपसचिवको रूपमा जिम्मेवारी सम्हाल्नुभयो । जिल्लाको पार्टी कामसँगै तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालमा पनि सक्रिय हुनुभयो । २०५६ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्यमा मनोनीत हुनुभयो । २०५९ जेठमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालकोे चौथो महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो । २०६१ मंसिरमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको पाँचौं केन्द्रीय सम्मेलनबाट केन्द्रीय सचिवालय सदस्य र पूर्वाञ्चल प्रमुखमा निर्वाचित हुनुभयो ।
२०६६ माघमा लहानमा भएको युवा संघको छैटौं महाधिवेशनबाट केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएर पूर्वाञ्चल प्रमुखको जिम्मेवारी सम्हाल्नुभयो । २०६९ फागुनमा बुटवलमा भएको युवा संघको सातौं महाधिवेशनबाट केन्द्रीय सल्लाहकार सभापतिमा निर्वाचित हुनुभयो । २०७१ मा सम्पन्न नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट वैकल्पिक केन्द्रीय कमिटी सदस्यमा निर्वाचित हुनुभयो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकतापछि बनेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी सदस्य हुनुभयो । २०७८ मा सम्पन्न नेकपा (एमाले) को आठौं राष्ट्रिय महाधिवेशनबाट पुनः केन्द्रीय कमिटी सदस्यमा निर्वाचित हुनुभयो । हाल केन्द्रीय कमिटी सदस्य तथा भोजपुर इन्चार्ज हुनुहुन्छ ।

युवाका प्रिय नेता
उहाँ युवामाझ लोकप्रिय नेता हुनुहुन्छ । कतिपय युवा नेताहरूले उहाँलाई सम्मान गरेर युवा संघको भीष्मपिता भनेर सम्बोधन गर्ने गरेका छन् । युवा संघमा रहँदा देशभरिका युवाहरूको भरोसाको केन्द्र हुनुहुन्थ्यो । संघमा रहँदा उहाँले युवा संघले सञ्चालन गरेका परिवर्तन र रुपान्तरणका आन्दोलनको कमान्डरको रूपमा भूमिका निर्वाह गर्नुभयो । जनजीविका, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका पक्षमा भएका आन्दोलनको नेतृत्व गर्नुभयो । योसँगै समतामूलक समाज निर्माणका अनेक अभियानमा पनि उहाँ उत्तिकै सक्रिय रहनुभयो ।
उहाँले युवा संघमा रहँदा संगठित, प्रशिक्षित र संरक्षण गरेका युवाहरू आज देशभरका विभिन्न पार्टी कमिटीको नेतृत्व तहमा पुुगेका छन् । केन्द्रीय कमिटी र राजकीय जिम्मेवारीमा पुुगेका छन् । उहाँले संगठित र प्रशिक्षित गर्नुभएका सयौं युवाहरू आज राज्यको निर्णायक तहमा पुगेका कारण पनि उहाँलाई जिल्लाको विकासमा बजेट ल्याउन असाध्यै सजिलो छ ।
साझा, सरल र सादगी नेता
उहाँ जिल्लाको साझा, सरल र सादगी नेता हुनुहुन्छ । विचारको सन्दर्भमा कतिपय नेताहरू अतिवादी कित्तामा उभिने गरेको आरोप लाग्ने गरेको छ । तर, उहाँ जहिल्यै अतिवादविरुद्धमा उभिनुभएको छ । सामाजिक सहिष्णुता र सद्भावसहितको समतामूलक समाज निर्माणको पक्षमा दृढ हुनुहुन्छ । जिल्लाभित्रका सबै वर्ग, धर्म, जातजाति, जनजातिका संस्कृति, रीतिरिवाज, परम्परा र पहिचानलाई संरक्षण र सम्वद्र्धन गर्दै सामाजिक एकतामा आधारित बलियो नेपाल राष्ट्र निर्माण गर्नु सबैको साझा कर्तव्य रहेको उहाँको बुझाइ छ । साझा, सरल र सादगी नेताको रूपमा उहाँलाई सबैले सम्मान गर्ने गरेका छन् ।
भोजपुुरको असल अभिभावक
भोजपुरका धेरैले भन्छन्, हरि राई सजिलो नेता हो । सजिलो अर्थात् उहाँ जिल्लाबासीका हरेक सजिला÷ अप्ठेरा, सुखदुःखमा उपलब्ध हुने नेता हुुनुहुन्छ । आमजनता र कार्यकर्ताको गुनासो हुन्छ, नेताहरू जनताभन्दा टाढा भए । तर, उहाँ यस्तो सरल नेता हुुनुहुन्छ, जिल्लाबासीलाई कुनै पनि अप्ठेरो पर्दा आफंै मैदानमा उत्रिएर सहयोग गर्नुहुन्छ ।
पर्यटन विकासका अभियन्ता
भोजपुरको पछिल्लो परिचय बनेको छ, ‘मुन्धुम पदमार्ग ।’ नेपालकै आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको मुन्धुम पदमार्ग भोजपुर समृद्धिको एउटा कडीको रूपमा विकास हुँदै छ । यसको विकास, प्रचार–प्रसारमा उहाँको गहिरो साथ र सहयोग रहेको छ । स्व. रवीन्द्र अधिकारी पर्यटनमन्त्री भएका बेला उहाँकै पहलकदमीमा मुन्धुम पदमार्ग नेपालको नयाँ गन्तव्यको रूपमा सूचीकृत भएको हो । स्व. अधिकारी उहाँका प्रिय र मिल्ने सहयात्री नेता हुनुहुन्थ्यो । उहाँ विकाससम्बन्धी स्पष्ट दृष्टिकोण भएको नेता हुनुहुन्छ । उहाँमा विभिन्न देशको विकास र समृद्धिको शृंखलाप्रति गहिरो ज्ञान छ ।
भोजपुरका लागि अवसर
यसअघिको प्रतिनिधिसभा संविधानसभाद्वारा जारी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान निर्माणपछिको पहिलो प्रतिनिधिसभा थियो । नयाँ संविधान जारी भएपछिको पहिलो प्रतिनिधिसभा भएको कारण यो संसद्को पहिलो काम र जिम्मेवारी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका तीनै तहको कानुन निर्माण थियो । गत ५ वर्ष कानुन निर्माणको वर्ष अनि संकटहरूको वर्ष रह्यो । अब कानुन बनेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छ । अबको यो निर्वाचनपछिका वर्षहरू निर्माणका वर्ष हुनेछन् । समृद्धिका वर्ष हुनेछन् । जिल्लाको समृद्धिको खास वर्ष अब सुरु हुनेछ । त्यसका लागि पहलकदमी लिन सक्ने र सत्ताको संरचनाले पत्याउने नेता हुनु पहिलो सर्त हो । आवश्यकता हो । उहाँ सत्ता संरचनाको कार्यालय सहयोगीदेखि, सचिव, मन्त्री, प्रधानमन्त्रीसम्म मसिनो गरी संवाद र लबिइङ गरेर काम गर्न सक्ने नेता हुनुहुन्छ ।

उहाँसँग पार्टी र देश निर्माणको स्पष्ट दृष्टिकोण छँदै छ, सँगै आफ्नो जन्मभूमि भोजपुरको विकास र समृद्धिका लागि ठोस योजना र मार्गचित्र पनि छ । भोजपुरलाई देशकै सुन्दर र स्वर्गीय भूमि बनाउन सकिन्छ भन्ने गहिरो विश्वास छ, उहाँमा । आफूलाई राष्ट्रिय व्यक्तित्व बनाइसक्नुभएका हरिबहादुर राई आफ्नो जन्मभूमि भोजपुरका प्रदेशसभामा उम्मेदवार बनेर आउनु भोजपुरका लागि अवसर र गौरवको विषय हो । देशमा समृद्धिको अध्याय सुरु गर्ने अभियानमा महत्वपूर्ण योगदान निर्वाह गर्ने युवा नेतालाई देशले आशा र विश्वास गरेको अवस्थामा प्रतिनिधिसभामा आफ्नो प्रतिनिधिका रूपमा पठाउन पाउनु जिल्लाका लागि गौरवको विषय पनि हो ।
देश निर्माणको सार्थक पहल गर्न सक्ने नेतृत्व चुन्न सके मात्र हामीले सचेत नागरिकको भूमिका पूरा गरेको ठहर्नेछ । सबैको सहमति, समझदारी र सहकार्यमा भोजपुरको समृद्ध र भोजपुरे जनतालाई सुखी बनाउने उहाँको ध्येय छ । सबै जाति, जनजाति, भाषा, धर्म र संस्कृतिप्रति सम्मान गर्ने उहाँ सबैको एकता र सामाजिक सद्भावलाई मूलमन्त्र मान्नुहुन्छ ।
जिल्लाको विकासका लागि सबैको साथ र सबैको हात लिएर अघि बढ्ने उहाँको प्रतिबद्धता छ । भोजपुर प्रदेशसभा–१ बाट उम्मेदवार बनिरहनुभएका बेला उहाँजस्तो व्यक्तित्वलाई निर्वाचनमा विजयी गराउन विभिन्न राजनीतिक विचारप्रति आस्था राख्ने नेता–कार्यकर्ता, बुद्धिजीवी, नागरिक अगुवा, व्यवसायी, महिला, समाजसेवी, युवा, विद्यार्थी सबैको एकताबद्ध प्रयत्न आवश्यक छ । तसर्थ, भोजपुरलाई समृद्धितर्फ अघि बढाउन आउँदो ४ मंसिर २०७९ मा हुन गइरहेको निर्वाचनमा भोजपुरबाट सूर्य चिह्नमा मतदान गरी कमरेड सूर्य थापालाई विजयी गराउन भोजपुरे दाजुभाइ तथा दिदीबहिनीलाई हार्दिक आह्वान गर्दछौं ।








