हरिबहादुर राई अर्थात निष्ठाको राजनीति

भोजपुर । चार दशक अघि विद्यार्थी राजनीतिमा प्रवेश गरेपछि नेकपा एमालेमा निरन्तर सक्रिय नेता हुन् टेम्केमैयुङ गाउँपालिका–५ खावाका हरिबहादुर राई । सादा जिवन, नम्र बोली र विकासे एजेण्डालाई उठाइरहने उनी भोजपुरमा सबै पार्टीका साझा नेताका रुपमा चिनिन्छन् ।

 

राजनीतिक आरोह—अवरोहहरु हुदै आए । खसआर्य, जनजाति, दलित, अल्पसंख्यक लगायतका विविध समुदायको मिश्रित बसोबास भएको भोजपुरमा उनले कहिल्यैपनि स्वार्थकेन्द्रित एजेण्डालाई अघि सारेनन् । टेम्केडाडाँ झै अटल भएर भोजपुरे जनताको विकासको एजेण्डा बोके । उनले न राजनीतिक रवाफ देखाए न जिवनशैलीमै रवाफ । भोजपुरे जनताको पक्षमा अविचलित भएर अघि बढिरहे ।

 

उनले उर्जाशिल जिवनकालहरु पार्टीको निर्माण र समाज परिवर्तनमा समर्पित गरे । विद्यार्थी राजनीति, युवासंघ हुदै पार्टीको केन्द्रिय कमिटीमा रहेका उनले उमेर र पुस्ता अनुसारका जनताको एजेण्डालाई बुझेका छन् । उनले आगामी मंसिर ४ मा सम्पन्न हुन लागेको निर्वाचनमा प्रदेश सभा उम्मेदवार भैरहदा समृद्धि, विकास र स्थिरतालाई प्राथमिकता दिएका छन् ।

 

उनले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने पालिकाको लागि संकल्प प्रस्तुत गरिरहेका छन् । उनले समृद्ध षडानन्द, समृद्ध साल्पासिलिछो, समृद्ध टेम्केमैयुङ र अरुणका लागि ऊर्जा, सडक, स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि, पर्यटनलगायतका क्षेत्रमा गर्ने कामलाई एजेण्डा बनाएका छन् । उनले चुनावी नाराका रुपमा मात्रै सिमित नराखेर विकासे रोडम्यापको रुपमा अगाडी सारेका छन् । उनी जनताको प्रतिनिधि बन्ने चुनावी मैदानमा पहिलो पटक उत्रिएका छन् । उनका प्रतिद्धन्दी (हाल प्रदेश १ का मुख्यमन्त्री) राजेन्द्रकुमार राई अघिल्ला निर्वाचनहरुमा पनि अभ्यस्त भैसकेका छन् । राज्यका निकायमा भोजपुरले राजनीतिक नेतृत्व पाएर पनि विकास निर्माणमा गति नबढेको भन्दै असन्तुष्टि पोखिरहेका बेला उनी दरिलो वैकल्पिक उम्मेदवारका रुपमा देखिएका छन् ।

 

२००७ सालको क्रान्तीदेखि गणतन्त्रसम्म आइपुग्दा भोजपुरले थुप्रै सांसद, मन्त्री जन्मायो । तर भोजपुरे जनतामा विकास निर्माणको भोक उत्तिकै छन् । हरिबहादुर पार्टीमा क्रियाशिल, स्वभावमा शालिन र एजेण्डामा विकासप्रेमी भएर पनि सधै अवसरबाट बञ्चित रहदै आए । तर उनले राजनीतिमा बनाएको निष्पक्ष छविले गर्दा देशभरका युवा पुस्तामा साझा व्यक्तिका रुपमा कायमै रहे । उनको यो स्वभाव र छविले गर्दा भोजपुरले जनतामा ऊर्जा, सडक, स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि, पर्यटनजस्ता विकासे एजेण्डा प्राप्त हुने विश्वास बढ्दै गएको चुनावी प्रचारप्रसारका माहोलले देखाउँछ ।

 

उनले एमालेको नीति र सिद्धान्तमा रहेर बफादार राजनीति गरेको इतिहासले पनि यो विश्वासलाई झन बलियो बनाउँछ । हाल एमालेको केन्द्रीय सदस्य एवं भोजपुर जिल्ला इन्चार्ज रहेका उनले २०३९ सालदेखि विद्यार्थी राजनीति सुरू गरेका थिए । २०४० सालमा अनेरास्ववियू एकता पा“चौंको सदस्यता लिए । २०४२ मा अनेरास्ववियू प्रारम्भिक कमिटी, २०४७ माघमा नेकपा एमाले गाउँ कमिटीको उपसचिव भए । २०४९ सालमा एमाले जिल्ला कमिटी सदस्य बनेका राई २०५४ मा जिविस भोजपुरको सदस्य निर्वाचित भए । २०६५ देखि २०६८ मा एमाले भोजपुरको उपसचिव भएका उनी १४ वर्षसम्म युवा संघको केन्द्रीय नेतृत्वमा रहे । राई एमालेको नवौं महाधिवेशनबाट वैकल्पिक सदस्यमा निर्वाचत भए । २०६६ सालमा युवा संघको लहान महाधिवेशनबाट केन्द्रीय उपाध्यक्ष बनेका राई युवा संघको सातौं महाधिवेशनबाट केन्द्रीय सल्लाहकार सभापति बनेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार