संखुवासभा समाज यूकेको बार्षिक उत्सब कार्यक्रम भब्य रुपमा सम्पन्न

लन्डन । संखुवासभा समाज यूकेले संधैको बर्ष जस्तै यसबर्ष पनि आफ्नो बार्षिक उत्सव कार्यक्रम भब्य रुपमा मनाएको छ । अल्डरसटस्थित १२ अगष्टमा भब्य रुपमा आफ्नो बार्षिक उत्सव मनाएको हो । बार्षिक उत्सवमा संखुवासभा जिल्ला स्थायी घर भई बेलायतमा बसोबास गर्दै आएका ५ सय भन्दा बढि संख्याको उपस्थिती रहेको थियो ।

 

संखुवासभा समाज युकेका अध्यक्ष उत्तर सुन्दासको अध्यतामा सम्पन्न भएको कार्यक्रमको शुरुवातमा स्वास्थ्य सुरक्षा (हेल्थ एण्ड सेफ्टी) को बारेमा समाजका उपाध्यक्ष टेक कुलुङले जानकारी गराएका थिए भने कार्यक्रम सञ्चालन महासचिव रमेश कुमार राईले गरेका थिए । बार्षिक उत्सब समरोहमा नेपाली राष्ट्रिय गानका साथै प्रमुख अतिथि नेपाल आर्मी का बिर्गेडियर जनरल ईश्वर कुमार श्रेष्ठबाट नाला पानी किल्लाको छोटो भिडियो क्लीप देखाएर गोर्खालीहरुको उच्च शिर बनाउने कार्य गरिएको थियो । बार्षिक उत्सव कार्यक्रममा समाजका अध्यक्ष उत्तर सुन्दास, प्रमुख सल्लाहकार नैनसिंह गुरुङ र ईश्वर कुमार श्रेष्ठले पानसमा बक्ति बालेर उद्घाटन गरेका थिए ।

 

कार्यक्रममा समाजका उपाध्यक्ष हेमकला गुरुङ्ग राणाले स्वागतम मन्तब्य राखेकी थिइन । कार्यक्रममा उपस्थित कार्यसमितीका सदस्यहरु र सम्पूर्ण जिल्लाबासी मानुभावहरुको बाक्लो उपस्थितीको वीचमा समाजका अध्यक्ष उत्तर सुन्दासले आफ्नै जिल्लाका अमृत घले भर्खरै सम्पन्न गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचनबाट उपाध्यक्षमा, महिला बिभाग सचिबमा हेमकला गुरुङ राणा , वेल्स राज्यबाट सदस्यमा सिता गुरुङ निर्वाचित भएकाले निर्वाचित हुनु हुनेहरुलाई बधाई तथा शुभकामना दिएको थिए । संखुवासभा गुरुङ समाज यूकेका कार्यबाहक अध्यक्ष मनि गुरुङ्ग, धनकुटा जिल्ला समाजका अध्यक्ष मान प्रसाद लिम्बु, ईलाम समाजका अध्यक्ष टेकवीर राई, तेह्रथुम समाजका अध्यक्ष मोहन साम्देवा, पाँचथर समाजका अध्यक्ष कैलाश काम्बाङ , भोजपुर सेवा समाजका अध्यक्ष सुदेशकुमार राई साथै अन्य छिमेकी जिल्ला संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुलाई सम्मान समेत गरिएको थियो ।

 

साथै संस्थाका संस्थापक २००७ का कार्यसमितीका धर्मराज गुरुङ, महासचिब गोकर्ण गुरुङ , कोषाध्यक्ष हीरण्य राई, सुरेश गुरुङ, नगेन्द्र घले लगायतका सम्पूर्ण कार्यसमितीकाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा अतिथिहरुबाट शैक्षिक क्षेत्र, प्रहरी, सेना (आर्मी) ईत्यादीमा राम्रो योदान पु¥याउनेहरुलाई सम्मान सहित प्रमाणप्रत्र प्रदान गरिएको थियो । अहिलेसम्म यस संस्थालाई अग्रिणी भुमिका निर्वाह गर्ने पुर्व अध्यक्षहरु धर्मराज गुरुङ, जिबन प्रकाश राई, बिजया लिङथेप, गणेश राणा, बसुन्धारा याख्खा , नैनसिंह गुरुङ हाल का बर्तमान अध्यक्ष उत्तर सुन्दास गैर–आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद (आईसीसी)का निर्वतमान सदस्य सुशीला राई सबै बिशिष्ट अतिथिहरुमा सम्मान साथै शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा विएफएस गोर्खा रेडियोबाट योगराज राईले लाईभ प्रसारण गरेका थिए ।

 

आशफोर्ड केन्टबाट बसको प्रबन्धक सल्लाहकार चित्र गोम्देन र महासचिब रमेश कुमार राईले गरेका थिए । त्यस्तै फेलथामबाट बसको प्रबन्धक कमला गुरुङ घले र प्रेम कोरङ्गीले ब्याबस्थापन गरेका थिए । कार्यक्रममा डिजे कमल गुरुङले मिठा मिठा गीत सुनाएर सबैलाई मन्त्रमुक्त बनाएका थिए । साँस्कृतिक कार्यक्रमको संयोजन प्रशान्त घले र कमला गुरुङ घलेले गरेका थिए । बासुरीको धुन र हाकपारे गीत सुनाएर सेमान्त राईले चकित बनाएका थिए । कुमार गुरुङले खानपिन ब्यवस्थापन साथै कलाकारहरु राजेश बर्देवा र बिन्दा परियारको मिठो गीतको धुनमा सबैे नाचेर झुमेको थिए । धेरै भन्दा धेरै राफल ड्र को टिकट विक्रि गराएर बिजया लिङथेप र नर तामाङको ब्याबस्थापनमा कसलाई पर्ने हो सुनको टुक्रा पुरस्कारको सोचले हलभित्र खचा खच भरिएको जिल्लाबासी बाबा– आमा दाजु भाई दिदीवहिनीहरु एकहोरो भएको थिए । कार्यक्रमको फोटोग्राफी बाबुराम गुरुङले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार