
भोजपुर । नेकपा एमाले भोजपुरले आफ्नो प्रदेश अधिवेशनका लागि प्रतिनिधीहरु छनोट गरेको छ । जिल्ला कमिटिले ९ वटै पालिकाहरुबाट नेकपा एमाले कोशी प्रदेश कमिटिको प्रथम अधिवेशनका लागि प्रतिनिधीहरु छनोट गरेको हो ।
यहि असोज १२ र १३ गते विराटनगरमा हुने अधिवेशनमा भोजपुरबाट खुलातर्फ १७ जना, १ दलित तथा ९ महिला गरि २७ जना प्रतिनिधीहरु सहभागी हुने नेकपा एमाले जिल्ला कमिटि भोजपुरका अध्यक्ष शरण कुमार राईले बताए । जसमध्ये भोजपुर नगरपालिकाबाट गणेश श्रेष्ठ, भरत तामाङ, लक्ष्मण खड्का र निर्मला शेर्पा, पौवादुङमा गाउँपालिकाबाट ज्ञानेन्द्र राई र ज्योत्सना राई, टेम्केमैयुङ गाउँपालिकाबाट ध्रुबराज राई, बिष्णु कुमार राई र रमादेवी राई, हतुवागढी गाउँपालिकाबाट धनहर्क राई, प्रेम राई र सजना परियार, षडानन्द नगरपालिकाबाट सुरेन्द्र कुमार उदास, खडग पौडेल, मान बहादुर खत्री, रोशन बस्नेत, मेरिका राई र लक्ष्मीकला राई (जिसि), साल्पासिलिछो गाउँपालिकाबाट खगेन्द्र राई
र संगिता चौहान, अरुण गाउँपालिकाबाट शेर बहादुर श्रेष्ठ र कबिता राई, रामप्रसादराई गाउँपालिकाबाट प्रेम कार्की र कमलादेवी राई, आमचोक गाउँपालिकाबाट बहादुर राई र साईती राई तथा समावेशी (दलित) तर्फबाट दुर्गा रणपहेँली सर्वसम्मत चुनिएका हुन् ।







