पञ्चायतविरुद्ध लडेको नेतृत्वले पञ्चकै नक्कल गर्नुभयोः उषाकिरण तिमल्सेना

नेकपा एमालेले ६ महिना निलम्बनमा परेकी उषा तिमल्सेनाले पार्टी नेतृत्वविरुद्ध कडा टिप्पणी गरेकी छन् । नेतृ तिमल्सेनाले आफूविरुद्धको कारबाहीप्रति टिप्पणी गर्दै ‘पञ्चायत विरुद्ध लडेर आएको नेतृत्वले पञ्चकै नक्कल नगरेको भए हुने’ भनेकी छन् ।

 

बुधबार बसेको एमाले सचिवालय बैठकले भीम रावललाई पार्टीबाट निष्कासन गर्नुका साथै स्थायी कमिटी सदस्य डा.बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिना जिम्मेवारीबाट हटाउनु निर्णय गरेको छ । पार्टीले कारबाही गर्दा नुवाकोटमा पार्टी काममा व्यस्त रहेको उल्लेख गर्दै तिमल्सेनाले बुधबार साँझ सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया सार्वजनिक गरेकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार