
गत महिनामात्र सन् २०२४ को मिसेस हेरिटेज इन्टरनेशलको उपाधि जितेर नेपालको कीर्तिमान कायम गरेकी विभा बस्नेत राजनीतिमा प्रवेश गरेकी छन् । आइतबार ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा आयोजित कार्यक्रममार्फत उनी नेकपा एमालेमा प्रवेश गरेकी हुन् ।
बस्नेतलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको लोगो लगाइदिएर एमालेमा स्वागत गरेका हुन् । थाइल्याण्डमा सम्पन्न मिसेस हेरिटेज इन्टरनेशनलको प्रतियोगितामा नेपालको तर्फबाट भाग लिएकी बस्नेत संसारभरका प्रतिस्पर्धीलाई उछिनेर उपाधि जित्न सफल भएकी थिइन् ।
पार्टी प्रवेश गर्दै उनले आफू अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको ‘बिग फ्यान’ भएकाले राजनीतिमार्फत सामाजिक काम गर्न एमाले प्रवेश गरेको बताइन् । यो सातौं संस्करणको उपाधी जित्ने उनी पहिलो नेपाली हुन् ।
प्रतियोगितामा भारत, थाइल्याण्ड, बेलायत, भियतनाम, फिलिपिन्स, पेरु, सिंगापुर, न्युजिल्याण्ड, मेक्सिको, लाट्भिया, मलेसिया, सर्बियालगायत देशका सहभागी थिए ।








