विराटनगर, १० असार ।
विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँ बराबरको वार्षिक आयव्ययको अनुमानित बजेट सार्वजनिक गरेको छ।
महानगरको नगरसभाको १८औँ अधिवेशनको कार्यसूचीअनुसार महानगर प्रमुख एवं नगरसभाका अध्यक्ष नागेश कोइरालाको अनुमतिमा उपप्रमुख शिल्पा निराला कार्कीले सो बजेट सार्वजनिक गर्नुभएको हो।
१. बजेटको आम्दानी (आय) का प्रमुख स्रोतहरू
महानगरले सङ्घीय सरकार, प्रदेश सरकार, आन्तरिक राजस्व र विभिन्न राजस्व बाँडफाँटबाट आम्दानी प्राप्त गर्ने लक्ष्य राखेको छ:
क) अन्तरसरकारी वित्तीय हस्तान्तरण (सङ्घ र प्रदेश सरकार):
-
सङ्घीय सरकारबाट कुल: रु. १ अर्ब ७ करोड २८ लाख
(वित्तीय समानीकरण: ३३ करोड ४३ लाख, सशर्त चालु: ७३ करोड २९ लाख, सशर्त पुँजीगत: ५६ लाख)
-
प्रदेश सरकारबाट कुल: रु. १४ करोड २६ लाख ७४ हजार
(समानीकरण: ३ करोड ६२ लाख ५० हजार, सशर्त चालु: ४ करोड १ लाख २४ हजार, सशर्त पुँजीगत: ६ करोड ६३ लाख)
ख) राजस्व बाँडफाँट र आन्तरिक आय:
-
राजस्व बाँडफाँटबाट कुल: रु. ९२ करोड ५६ लाख १८ हजार
(घरजग्गा रजिष्ट्रेशन: ६७ करोड ९५ लाख ७९ हजार, मूल्यअभिवृद्धि कर: १५ करोड ३९ लाख २८ हजार, अन्तःशुल्क: ५ करोड १३ लाख ९ हजार, सवारीसाधन कर: ३ करोड ८ लाख, विज्ञापन कर: ६० लाख, मनोरञ्जन कर: ४० लाख)
-
महानगरको आन्तरिक आय: रु. १ अर्ब २७ करोड २० लाख ८ हजार
-
बैंक मौज्दात: रु. १४ करोड
-
विभिन्न सङ्घसंस्था अनुदान: रु. १ करोड १६ लाख
२. बजेटको क्षेत्रगत व्यय (खर्च) को विवरण
महानगरपालिकाले पूर्वाधार विकास र सामाजिक विकासलाई मुख्य प्राथमिकतामा राखेर खर्चको अनुमान गरेको छ:
क) पूर्वाधार विकासतर्फ (कुल: रु. १ अर्ब ६० करोड ३९ लाख ३२ हजार)
-
नगरस्तरीय योजना तथा कार्यक्रम: रु. ६० करोड
-
वडास्तरीय योजनाहरू: रु. ४३ करोड ५६ लाख ३२ हजार
-
बहुवर्षीय ठेक्का तथा दायित्व सरी आएका योजना: रु. २५ करोड
-
बहुवर्षीय तथा गैरवका आयोजना: रु. १५ करोड
-
म्याचिङ फण्ड: रु. १ करोड
-
विद्युत् क्षेत्र तथा सडक बोर्डका योजना: रु. २ करोड (समान १/१ करोड)
-
सहरी विकास, भूउपयोग, आवास तथा बस्ती विकास: रु. ६३ लाख
ख) सामाजिक विकासतर्फ (कुल: रु. २६ करोड ५० लाख ५९ हजार)
-
शिक्षा क्षेत्र: रु. १० करोड ९ लाख २८ हजार
-
स्वास्थ्य क्षेत्र: रु. ७ करोड ३ लाख ९० हजार
-
सङ्घसंस्था अनुदान: रु. ६ करोड ३१ लाख ७० हजार
-
लक्षित वर्ग र सामुदायिक विकास: महिला विकास (६६ लाख), अपाङ्गता (५७ लाख), बालबालिका (४८ लाख ६० हजार), लैङ्गिक हिंसा निवारण (४२ लाख ७५ हजार), ज्येष्ठ नागरिक (१६ लाख) र खानेपानी तथा सरसफाई (१६ लाख)।
ग) आर्थिक विकासतर्फ (कुल: रु. ३ करोड २६ लाख ३७ हजार)
-
पशुपन्छी तथा भेटनरी: रु. १ करोड ४२ लाख ५० हजार
-
उद्यमशीलता र रोजगार प्रवर्द्धन: उद्यशीलता (६४ लाख), रोजगार प्रवर्द्धन (२१ लाख ४७ हजार)
-
कृषि विकास: रु. ४६ लाख ५० हजार
-
पर्यटन, सहकारी, सुरक्षित आप्रवासन र अन्य: रु. ५२ लाख ९० हजार
घ) सुशासन, वातावरण तथा अन्य खर्चहरू:
-
कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च: रु. ७६ करोड २८ लाख ७८ हजार
-
सङ्घ र प्रदेशको सशर्त अनुदान खर्च (चालु तथा पुँजीगत): रु. ८४ करोड ४९ लाख २४ हजार
-
सुशासन तथा संस्थागत विकास: रु. २ करोड ९३ लाख १० हजार (राजस्व, कानुन, नगर प्रहरी, सूचना प्रविधि तथा सञ्चार व्यवस्थापन)
-
वन, वातावरण तथा विपद् व्यवस्थापन: रु. २ करोड ५९ लाख ६० हजार (फोहरमैला व्यवस्थापन: १ करोड २८ लाख, विपद् व्यवस्थापन: ९६ लाख, हरियाली प्रवर्द्धन: ३५ लाख ६० हजार)
विधेयक र प्रतिवेदन अनुमोदन हुँदै
महानगरपालिकाका प्रमुख कोइरालाका प्रेस सल्लाहकार मीनकुमार नवोदित श्रेष्ठका अनुसार यस १८औँ नगरसभाको अधिवेशनमा विभिन्न नयाँ विधेयकहरू, समितिहरूका प्रतिवेदनहरूमाथि दफावार छलफल हुनुका साथै विभिन्न समयमा भएका बैठकका निर्णयहरूको अनुमोदन गरिने कार्यसूची रहेको छ।









