काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (मङ्गलवार) पनि ओरालो लागेको छ। लगातारको गिरावटसँगै बजारमा केही सुस्ती देखिएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज परिसूचक २४ दशमलव ६३ अङ्कले घटेर २ हजार ६०८ दशमलव ३३ मा सीमित भएको छ। यस्तै, ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३ दशमलव शून्य ४ अङ्कले ओरालो लाग्दै ४५२ दशमलव ७९ अङ्कमा ओर्लिएको छ।
कारोबार रकम ३ अर्ब २५ करोड माथि
बजार घटे पनि कारोबार रकम भने औषत रहेको छ। आजभरि कूल ३६५ कम्पनीको ८७ लाख ३७ हजार ३९२ कित्ता शेयर रु ३ अर्व २५ करोड ८७ लाख ५८ हजार १४ मूल्यमा खरिद-बिक्री भएको छ।
सिद्धार्थ बैंकको सर्वाधिक कारोबार
आज कारोबार रकमका आधारमा सिद्धार्थ बैंक शीर्ष स्थानमा रहन सफल भएको छ। बढी कारोबार हुने अन्य शीर्ष कम्पनीहरूमा:
-
टक्सार पिखुवा खोला हाइड्रोपावर
-
आँखु खोला जलविद्युत् कम्पनी
-
एनआरएन इन्फ्रास्ट्रक्चर
-
याम्बलिङ हाइड्रोपावर
कसले कमाए, कसले गुमाए ?
नाफा कमाउने शीर्ष ५ कम्पनीहरू:
१. स्नो रिभर लिमिटेड
२. कर्पोरेट डेभलपमेन्ट बैंक
३. स्वाभिमान लघुवित्त
४. स्ट्याण्डर्ड चार्टर्ड बैंक (डिवेञ्चर)
५. सिर्जनशील लघुवित्त
घाटा ब्यहोर्ने शीर्ष ५ कम्पनीहरू:
१. टक्सार पिखुवा खोला हाइड्रोपावर
२. याम्बलिङ हाइड्रोपावर
३. सोपान फर्मासिटिकल्स
४. श्रीनगर एग्रीटेक
५. पियोर इनर्जी









