प्रधानमन्त्रीलाई लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश

सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

 

प्रतिनिधिसभा विघटनको मुद्दामा  ‘बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको’ अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो ।

 

रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अवहेलनामा किन कारबाही हुनु नपर्ने हो ? भन्नेबारे लिखित जवाफसहित आफैं उपस्थित हुन आदेश दिएको छ ।

 

सर्वोच्च स्रोतले अनलाइनखबरसँग भन्यो, ‘प्रधानमन्त्रीले वारेस राखेर जवाफ दिन पाइँदैन, अदालतमा आफैं पेश गर्नुपर्छ।’

प्रधानमन्त्रीले संसद विघटनको मुद्दामा भइरहेको बहसकै विषयमा विवादास्पद अभिव्यक्ति दिएपछि वरिष्ठ अधिवक्‍ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले अदालतको अवहेलनाको मुद्दा दर्ता गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार