पत्रकार महासंघ भोजपुरका संस्थापक श्यामकृष्ण दाहाल केन्द्रीय सदस्यको उम्मेदवार

 

भोजपुर । नेपाल पत्रकार महासंघको यही चैत्र २५ मा हुने निर्वाचनका लागि लामो समयदेखि पत्रकारितामा क्रियाशिल श्यामकृष्ण दाहाल केन्द्रीय सदस्यमा उम्मेदवार बनेका छन । नेपाल पत्रकार महासंघ भोजपुरका संस्थापक समेत रहेका दाहाल हाल भोजपुर शाखाका बर्तमान पनि अध्यक्ष हुन ।

 

दाहालले प्रदेश १ निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका हुन् । दाहाल प्रेस युनियन–प्रेस संगठन–प्रेस चौतारीलगायतको संयुक्त गठबन्धनबाट उम्मेदवार बनेका हुन् ।

 

२०५६ मंसिरबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेका दाहालसँग १९ वर्षको मोफसल पत्रकारिताको अनुभव छ । स्पेसटाइम दैनिकबाट पत्रकारिता थालेका उनले नेपाल टेलिभिजन, सप्तकोशी एफएम (इटहरी), उज्यालो नेटवर्क, राजधानी दैनिक, अन्नपूर्ण पोष्टलगायतका छापा तथा विद्युतीय माध्यममा काम गरिसकेका छन् ।

 

अनलाइनखबर डटकमको भोजपुर संवाददाताबाट अनलाइन पत्रकारितामा शुरू गरेका दाहाल पछिल्लो समय संघीय राजधानी काठमाडौं छिरेर देखापढी हुँदै हाल नेपाल प्रेसमा न्यूज कोअडिनेटर समेत रहेका छन ।

 

सानै उमेरमा पत्रकारितामा संलग्न दाहालले भोजपुरको व्यवसायिक पत्रकारिता विकासमा महत्वपुर्ण भुमिका खेलेका थिए । दाहालले भोजपुरमा पहिलो पटक समाचारमुलक छापा पत्रिका समेत शुरुवात गरेका थिए । उनले धेरै पत्रकारहरुसेमत उत्पादन गरेका र हाल धेरै संख्यामा मुलधारको मिडियामा कार्यरत छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार