
लण्डन । बेलायतले कोभिडविरुद्धको तेस्रो खोप वितरण शुरु गरेको छ । अमेरिकी कम्पनीद्धारा उत्पादित ‘मोडर्ना’ खोप बुधबारदेखि वितरण हो । बेलायतमा यसअघि फाइजर बायोनटेक र अक्सफोर्ड एक्सट्राजेनेका खोपको वितरण भइरहेको छ ।
वेल्सको कार्मादनशायरबाट मोडर्ना खोप दिन शुरु गरिएको हो । २४ वर्षीया एली टेलरले बेलायतमा मोडर्नाको पहिलो डोज लिएकी छन् । स्थानीय खोप केन्द्रहरुमा ५ हजार डोज पठाइएको जनाइएको छ ।
बुधबारदेखि वेल्समा दिइएको मोडर्ना खोप केही समयपछि बेलायतका अन्य राज्यमा पनि वितरण हुने बताइएको छ । स्कटल्याण्डमा समेत खोपको पहिलो लट पुगिसकेको छ ।
यसअघिका फाइजर र एक्सट्राजेनेका जस्तै मोडर्ना खोप पनि हरेक मानिसलाई दुई डोज दिनुपर्नेछ । दुवै डोजपछि खोपको प्रभावकारिता ९४ प्रतिशतभन्दा बढी रहने दावी गरिएको छ ।
बेलायतले हालसम्म विभिन्न ७ कम्पनीद्धारा उत्पादित कोभिड खोप माग गरिसकेको छ । सरकारका स्वास्थ्यमन्त्री म्याट ह्यानककले खोप बेलायतको महामारीविरुद्ध प्रभावकारी हुने बताएका छन् । खोपको वितरण बेलायतमा कोरानाभाइरस कम हुदै गएको छ ।







