पत्रकार महासंघ भोजपुरको अध्यक्षमा एक्सन राई भारी मत सहित निर्वाचित

भोजपुर । नेपाल पत्रकार महासंघ भोजपुरको सम्पन्न निर्वाचनबाट अध्यक्षमा एक्सन राई निर्वाचित भएको छ । पत्रकार महासंघको निवर्तमान उपाध्यक्ष समेत रहेका राईले चित्राङ्गत चौलागाईलाई भारी मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएको हो ।

 

राई प्रेस चौतारी माधव नेपाल समुह, प्रेस युनियन र प्रेस संगठनको साझा उम्मेदवार बनेका थिए भने चौलागाई प्रेस चौतारी ओली समुह र जनता समाजवादीका पत्रकार समुहका तर्फबाट उम्मेदवार बनेका थिए । प्यानल नै दुवै समुहले बनाएर उम्मेदवारी दिएका थिए । निर्वाचनबाट एक्सन राईको नेतृत्वको प्यानलले नै निर्वाचन जितेको हो । उपाध्यक्षमा सुरेन्द्र (सन्देश) राई महिला उपाध्यक्षमा मनिता राई, सचिवमा अर्जुन बस्नेत, सहसचिवमा प्रदिपचन्द्र राई, कोषाध्यक्षमा विवेक राई र समावेशी सह–सचिवमा थिरलाल विक विजयी भएका छन । त्यसैगरी सदस्यमा अर्जुन राई, सौगात गौतम, गोकुल भुजेल र शारदा तामाङ विजयी भएका छन । त्यसैगरी केन्द्रीय परिषद सदस्यमा ज्ञानेन्द्र खडका र बृद्धप्रसाद तामाङ विजयी भएका छन । प्रदेश परिषद सदस्यहरुमा सरस्वती तामाङ, राजीनकुमार राई र सरिता राई विजयी भएका छन ।

 

समावेशी सह–सचिव थिरलाल विक, गोकुल भुजेल र शारादा तामाङ निर्विरोध भएका हुन । दुईपटक उपाध्यक्ष भएका एक्सन राई जिल्लामा क्रियाशिल पत्रकारहरुमध्ये अग्रग पत्रकार हुन । पत्रकार महासंघको साझा हितमा काम गर्दै आएका राईले निर्वाचित भएपछि पत्रकारहरुको हकहितमा लाग्ने बताए । आफ्नो कार्यकालमा पत्रकार महासंघको दिगो विकासमा लागि पर्ने पनि बताए । निर्वतमान अध्यक्ष तथा केन्द्रीय सदस्यका उम्मेदवार श्यामकृष्ण दाहालले निर्वाचित सबै जनाई बधाई तथा धन्यवाद समेत दिए ।

 

विजयी हुनेहरुमा अध्यक्षमा निर्वाचित एक्सन राई प्रेस चौतारी, उपाध्यक्ष सन्देश (सन्देश) राई र मनिता राई प्रेस सेन्टर, सचिव अर्जुन बस्नेत प्रेस युनियन, सहसचिव प्रदिपचन्द्र राई प्रेस चौतारी, समावेशी सह–सचिव थिरलाल विक प्रेस सेन्टर, कोषाध्यक्ष विवेक राई प्रेस सेन्टर हुन । सदस्यहरुमा अर्जुन राई प्रेस चौतारी, गोकुल भुजेल र शारादा तामाङ प्रेस युनियन हुन । त्यसगरी केन्द्रीय परिषद सदस्यमा ज्ञानेन्द्र खडका र बुद्धप्रसाद तामाङ प्रेस चौतारी, प्रदेश परिषद सदस्य सरस्वती तामाङ प्रेस चौतारी र सरिता राई प्रेस युनियन रहेका छन ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार