बेलायतमा भुपु गोर्खा सैनिक विष्णु गुरुङ मेयरमा निर्वाचित

लण्डन । बेलायती राजनीतिमा इतिहास रच्दै एक भुपुर्व सैनिक मेयरमा निर्वाचित भएको छ । पुर्व बेलायती गोर्खा सैनिक विष्णु बहादुर गुरूङ मेयरमा निर्वाचित भएका हुन । बेलायतमा भइरहेको स्थानीय निर्वाचन अन्तर्गत होन्स्लो बोरो काउन्सिलका मेयरमा गुरूङ निर्वाचित भएका हुन् ।

१९ बर्ष बेलायती सैनिकमा काम गरेका गुरुङ अवकाशपछि बेलायत बस्दै आएका छन । गुरूङ विपक्षी लेबर पार्टीबाट काउन्सिल प्रमुखमा चुनिएको निर्वाचन आयोगले जनाएको छ । उनले सत्तारुढ कन्जर्भेटिभ पार्टीका रञ्जित गिलकालाई पराजित गरेका थिए । गुरूङ सन् २०१४ मा पहिलो पटक काउन्सिलर निर्वाचित भएका थिए । एक बर्षपछि उनले उपमेयरका रूपमा काम गरेका थिए ।

बस चालकका रुपमा समेत काम गरेका गुरूङ होन्स्लो गोरखा नेपाली समाजका संस्थापक अध्यक्ष हुन् । उनी च्यारिटी संस्था साफा, देवाचन बुद्धिस्ट सेन्टर लगायतका सामाजिक संस्थाहरूमा पनि आबद्ध रहिसकेका छन् । उनी सन् २०२१/२२ का लागि मेयरका रूपमा निर्वाचित भएका हुन् ।

 

बेलायतमा नेपाली मुलबाट काउन्सिलहरुमा मेयर निर्वाचित हुने गुरुङ तेस्रो नेपाली हुन भने पहिलो गोर्खा सैनिक हुन । यसअघि स्वान्लीमा शंकर गैरे र कोलबर्न टाउनमा जगन्नाथ शर्मा मेयर निर्वाचित भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार