कोरोना संक्रमणबाट भोजपुरमा एकको मृत्यू

  सिलिचुङ सम्बाददाता

शुक्रबार हेलिकप्टरबाट संक्रमितको उद्वार गरिँदै । तश्विर, प्रदीपचन्द्र राई

 

भोजपुर । कोरोना भाइरसको संक्रमणका कारण भोजपुरमा एकजनाको मृत्यू भएको छ । कोरोना संक्रमित भोजपुर नगरपालिका ९, पानीट्याङ्की ४२ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यू भएको हो ।
संक्रमितको अवस्था गम्भिर बन्दै गएपछि उनलाई शुक्रबार हेलिकप्टरबाट काठमाडौँ लगिएको थियो । काठमाडौँको टिचिङ हस्पिटलमा राखेर उपचार गराउँदा गराउँदै गएराती उनको मृत्यू भएको पारिवारीक श्रोतले जनाएको छ ।
उच्च रक्तचाप, मधुमेहबाट पनि ग्रसित उनलाई स्वासप्रश्वासमा समस्या देखिएपछि गत वैशाख ३० जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । उनलाई कोरोना पुष्टि भएको थियो । अवस्थालाई हेरेर परिवारजनले काठमाडौँ लैजाने भनेपछि रेफर गरिएको स्वास्थ्य कार्यालय भोजपुर प्रमुख फणिन्द्र थापाले जानकारी दिए ।
जिल्लामा अहिलेसम्म कोरोना संक्रमितको संख्या ७२ जना पुगेको छ । जसमा एकजनाको मृत्यू र एकजना निको भएका छन् । कोभिड १९ को उच्च जोखिम रहेको भोजपुरमा सबै सिमानाका र जारी निषेधाज्ञा कडा पारिएको जिल्ला प्रशासनले जनाएको छ । त्यस्तै प्रशासनले अत्यावश्यक कामबाहेक बाहिर हिँडडुल नगर्न सर्वसाधरणलाई अपिल गरेको छ ।

शुक्रबार हेलिकप्टरबाट संक्रमितको उद्वार गरिँदै । तश्विर, प्रदीपचन्द्र राई

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार