कोरोना महामारीमा एम्बुलेन्स नपाउँदा भोजपुरका ग्रामीण भेगका विरामीको विचल्ली

  सिलिचुङ सम्बाददाता

 

भोजपुर नगरपालिका ६, देउरालीस्थित कोभिड अस्पतालमा कोरोना संक्रमित बोक्न तैनाथ एम्बुलेन्स । तश्विर, सिलिचुङ

 

भोजपुर । षडानन्द नगरपालिका २, कुदाककाउलेका भुपाल बस्नेत र उनकी श्रीमती कल्पना बस्नेतलाई जेठ २ गते कोरोना पुष्टि भयो । संक्रमित भएपछि उनीहरु घरमै होम आईसोलेसनमा बसे । तर ज्वरो र पखालाले दिनानुदिन कल्पना सिकिस्त बनिन् । उनको स्वास्थ्य झन नाजुक बनेपछि अस्पताल लानुपर्ने भयो । तर नगरपालिकासंग एम्बुलेन्स नहुँदा जिल्लाबाट एम्बुलेन्स बोलाईएपनि दुईदिन कुर्दासम्म एम्बुलेन्स आएन । एम्बुलेन्स नपठाएपछि विकल्पमा परिवारले ल्यान्डरोभर जिपबाट लैजाने बन्दोबस्त गरे । पछिल्लो भागमा पूर्ण रुपले सुरक्षा व्यवस्था मिलाईएको उक्त जिपबाट कल्पनालाई गत जेठ ७ गते संखुवासभा तुम्लिङटार लगियो ।

९ स्थानीय तहमध्ये हतुवागढी, पौवादुङमा, टेम्केमैयुङ, आमचोक, अरुण गाउँपालिकाको मात्रै एम्बुलेन्स छ । जिल्लाका दोभाने, तिम्मा, मानेभञ्ज्याङ, सानोदुम्मा, ठुलोदुम्मा, जरायोटार, दुम्माना, हसनपुर, वासिङथर्पु, बासिखोरा, देवानटार लगायत क्षेत्रका सर्वसाधारणलाई अझै पनि सामान्य घाउचोट लागे घण्टौं हिँडेर अस्पताल पुग्नुपर्ने बाध्यता छ  ।

संक्रमण भएको ५ दिनपछि कल्पनाको तुम्लिङटारस्थित एक बोर्डिङ स्कूलमा बनाईएको आईसोलसनमा राखेर उनको उपचार सुरु भयो । अहिले उनको स्वास्थ्यमा सुधार आएको उनका पति भुपाल बस्नेतले सुनाए । जसोतसो आईसोलेसनसम्म आईपुगेपनि फर्कनेबेला कसरी जाने भन्ने पनि पिरलो छ, भुपाल र उनको श्रीमतीलाई । ‘हाम्रो नगरपालिकामा व्यवस्थित न आईसोलेसन छ न त एम्बुलेन्स छ, सडक पनि एकदमै विग्रिएको छ, आउन त दुःखले आईयो तर जानेबेला गाडी भेटिने अवस्था छैन’ उनले भने, ‘हामी जस्तो दुर्गममा बस्नेलाई यो भन्दा ठुलो पिडा अरु के रहेछ र, त्यो माथि कोरोना संक्रमित हुँद अझ पिडा थपिदियो’
रामप्रसाद राई गाउँपालिका ४, दलगाउँका डिल्ली राई एकसातादेखि ज्वरोले थल्लिए । उनी संगै गाउँका अरु दुईजना पनि विरामी थिए । कोभिड १९ का कारण जारी लकडाउनले जिल्लामा एउटा पनि सवारीसाधन नचलिरहेका बेला उनीहरुलाई एम्बुलेन्सबाट सदरमुकाम ल्याईयो । एम्बुलेन्स तत्कालै धरान फर्कियो । चेकजाँच र दुईदिनको औषधी उपचारपछि उनीहरु घर फर्कने भएपनि कुनै सवारीसाधन भेटेनन् । विरामी बोक्ने एम्बुलेन्सलाई सम्पर्क गर्दा एम्बुलेन्स नपाएपछि उनीहरु दुईदिन लगाएर पैदलै घर फर्किए ।
साल्पासिलिछो गाउँपालिका, षडानन्द नगरपालिका र रामप्रसाद राई गाउँपालिकामा एम्बुलेन्स नहुँदा नागरिक मारमा परेका छन् । कोभिड १९को महामारी फैलिरहँदा गम्भिर विरामीले एम्बुलेन्स नपाउँदा झन समस्या थपिएको छ । सञ्चालनमा रहेका एम्बुलेन्स पनि कोरोना संक्रमित बोक्नलाई मात्र प्रयोग भएपछि झन समस्या थपिएको हो ।
अधिकांश स्थानीय तहमा एम्बुलेन्स सेवा पुगेपनि दुर्गम भेगका नागरिक भने अझै स्टे«चरकै भरमा विरामी अस्पतालसम्म पु¥याउनुपर्ने बाध्यता छ । कोरोना महामारीका बेला एकातिर सडकसञ्जाल सहज पहुँच नहुनु र अर्कोतिर एम्बुलेन्स नहुँदा विरामी झनै सास्ती मिलेको षडानन्द नगरपालिका १, नेपालेडाँडाका सौगात गौतमले बताए । कच्ची सडक पुगेपनि एम्बुलेन्स नहुँदा नागरिकलाई ज्यानै जोखिममा लग्नुपर्ने बाध्यता रहेको उनले सुनाए ।
एम्बुलेन्स नहुँदा कतिपय दुर्गम भेगका गम्भिर विरामी र सुत्केरीको बाटैमा मृत्यू हुने गरेको साल्पासिलिछो गाउँपालिका ४, खाटम्माकी तारा राईले गुनासो गरिन् । ‘सडक त पुग्यो तर ट्रयाक्टर मात्रै कुद्छ, यो महामारीको बेला कुनै विरामीलाई लानुप¥यो भने स्ट्रेचरमा बोकेरै लैजानुपर्छ’ उनले भनिन् । साल्पासिलिछो गाउँपालिका, रामप्रसाद राई गाउँपालिका र षडानन्द नगरपालिकाको आफ्नै एम्बुलेन्स नहुँदा नागरिकहरु ज्यान जोखिम मोलेरै यात्रा गर्नुपर्ने अवस्था छ ।
९ स्थानीय तहमध्ये हतुवागढी, पौवादुङमा, टेम्केमैयुङ, आमचोक, अरुण गाउँपालिकाको मात्रै एम्बुलेन्स छ । जिल्लाका दोभाने, तिम्मा, मानेभञ्ज्याङ, सानोदुम्मा, ठुलोदुम्मा, जरायोटार, दुम्माना, हसनपुर, वासिङथर्पु, बासिखोरा, देवानटार लगायत क्षेत्रका सर्वसाधारणलाई अझै पनि सामान्य घाउचोट लागे घण्टौं हिँडेर अस्पताल पुग्नुपर्ने बाध्यता छ  । जिल्ला अस्पताल भोजपुरका २ वटा एम्बुलेन्स बिग्रिएका छन् । सदरमुकाम लगायत आसपासका क्षेत्रमा सञ्चालित ईन्डियन वेल्फेयर र नेपाल रेडक्रस सोसाईटीको एम्बुलेन्स तत्कालका लागि कोरोना संक्रमित ओसारपसार गर्न राखिएको छ । पछिल्लो अपडेट अनुसार भोजपुरमा संक्रमितको संख्या २ सय ८७ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार