कोरोना संक्रमणबाट भोजपुरमा बृद्धको कोभिड अस्पतालमै मृत्यू

  सिलिचुङ सम्बाददाता

 

 

भोजपुर । कोभिड १९ संक्रमणबाट एक ८८ वर्षिय बृद्धको मृत्यू भएको छ । केहि दिनदेखि विरामी भोजपुर नगरपालिका ७ निबासी बृद्धको गएराती भोजपुर कोभिड अस्पतालमा मृत्यू भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि बृद्धको एन्टिजेन्ट चेक गर्दा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ । उनलाई शुक्रबार नै भोजपुर कोभिड अस्पताल देउरालीमा राखिएको थियो । यो संगै भोजपुरमा दोश्रो चरणको कोभिड १९ बाट मृत्यू हुनेको संख्या ९ पुगको छ ।

 

भोजपुर नगरपालिका ६, देउरालीस्थित कोभिड अस्पतालमा कोरोना संक्रमित बोक्न तैनाथ एम्बुलेन्स । तश्विर, सिलिचुङ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार