दार्चुला घटना छानविन समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

दार्चुलामा महाकाली नदी तर्ने क्रममा एसएसबीले तुइन काटिदिँदा नेपाली नागरिक जयसिंह धामी नदीमा बेपत्ता घटना छानविन गर्न गठित समितिले मंगलबार साँझ गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ ।

 

समितिको प्रतिवेदन मन्त्री खाँणलाई बुझाइएको जानकारी गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्तिमार्फत जानकारी दिएका हुन् ।

दार्चुलाको व्याँस गाउँपालिका–२ खाङदाङ मालका सोही गाउँपालिका–२ मालघाटबाट तुइनमार्फत भारततर्फको बाटो हुँदै सदरमुकाम खलंगा जाने क्रममा एसएसबीले तुइन काटिदिँदा १५ साउनमा नदीमा बेपत्ता भएका थिए । १७ साउनमा सरकारले गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको थियो ।

 

उक्त घटना भारतीय सशस्त्र सीमा बल (एसएसबी)का सुरक्षाकर्मीको उपस्थितिमा भएको देखिएकाले निजहरूका संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषीउमर कानूनी कारवाही गर्न र नदीमा बेपत्ता धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक पहल गर्न समितिले सरकारलाई सिफारिस गरेको छ ।

 

धामीका आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालन पोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न पनि समितिले सिफारिस गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार