
भोजपुर । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, भोजपुर उपशाखाले अभिकर्ता पुर्नताजकी तालिम तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको प्रदेश नं. १ का उपप्रमुख नविन मिश्र र कम्पनीका सिनियर एजेन्सी म्यानेजर दिपक श्रेष्ठको उपस्थितीमा कार्यक्रम आयोजना गरिएको हो ।
उक्त कार्यक्रम एजेन्सी म्यानेजरहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा उत्कृष्ट विमा सकंलक, उत्कृष्ट टिम विजनेस, राम्रो विमा संकलन तथा एजेन्सी मेनेजरहरु गरी जम्मा १३ जना लाई मायाको चिनोसहित सम्मान गरिएको थियो ।
कार्यक्रमले बिमा अभिकर्ताहरुमा नयाँ जोस र कामप्रति उत्प्रेरित गराउन सहयोग पुग्ने कम्पनीका एजेन्सी म्यानेजर ईश्वर कुमार दंगालले जानकारी दिए । ५० जना सहभागीको उपस्थितीमा आयोजित कार्यक्रममा शााखा प्रमुख बिमल रणपहेँलीले र कम्पनीका उपप्रमुख नविन मिश्रले सहजीकरण गरेका थिए ।








