
भोजपुर । नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारी भोजपुरको १३ औँ जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको छ । यहि भाद्र २४ गतेदेखि सुरु सम्मेलनको सम्पूर्ण व्यवस्थापन अन्तिम चरण रहेको जनाईएको छ ।
शिक्षा, स्वास्थ्य र रोजगारी सम्मेलनको मुख्य एजेन्डा रहेको अखिल क्रान्तिकारी जिल्ला सम्मेलन आयोजक कमिटीका संयोजक देव विष्टले बताए । यस्तै विद्यार्थीको हक र हितका लागि समर्पण रहि विद्यार्थी आन्दोलनलाई मूर्त र उपलब्धिमूलक बनाउने पनि सम्मेलनको आशय रहेको उनले बताए ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा अनेरास्ववियू क्रान्तिकारी प्रदेश १ का सह-संयोजक हेमन्त राईले सम्मेलनको मूख्य उद्देश्य जल्दोबल्दो राष्ट्रिय हितविपरीतको एमसिसि मुद्दाविरुद्ध राष्ट्रिय स्वाधिनतालाई आत्मसाथ गरेर आन्दोलन जारी राख्ने भएको बताए ।







