भोजपुरमा ‘ब्लड बैंक’ सञ्चालन, वर्षौको सास्ती हट्यो

  अर्जुन अपहेलित राई

 

जिल्ला अस्पताल भोजपुरमा सञ्चालनमा ल्याईएको रक्त सञ्चार सेवा केन्द्रका लागि रक्तदान गर्र्दै सर्वसाधरण । तश्विर सिलिचुङ

 

भोजपुर । गम्भिर परिस्थितीमा रगत खोज्न ठुला शहर धाउनुपर्ने भोजपुरबासीको बाध्यता कम भएको छ । सांसद विकास कोषमार्फतको ५० लाख बजेट र नेपाल रेडक्रस सोसाईटी भोजपुरको पहलमा जिल्ला अस्पताल भोजपुरमा रक्त सञ्चार सेवा केन्द्र (ब्लड बैंक) सञ्चालनमा ल्याएसंगै सास्ती टरेको हो ।

भोजपुरबाट प्रतिनिधी सभाका लागि संघिय सांसद सुदन किँरातीले आफ्नो सांसद विकास कोषबाट ब्लड बैंक सञ्चालनका लागि ५० लाख बजेट विनियोजन गरेपछि अन्ततः सपना साकार बनेको नेपाल रेडक्रस सोसाईटी भोजपुरका सभापति तुलबहादुर सुब्बाले बताए

रगत अभावमा गम्भिर किसीमका विरामी र सुत्केरी महिलाहरु अकालमै ज्यान गुमाउनुपर्ने जोखिम कम भएसंगै भोजपुरबासीमा उत्साह छाएको छ । दुर्लभ ब्लड ग्रुपका विरामीलाई ठुला हस्पिटलमा रेफर गर्नुपर्ने र अन्य विरामीलाई चिनजान र व्यक्तिगत सम्पर्कबाटै रगत व्यवस्थापन गर्नुपर्ने समस्या हटेको डा. सञ्जय रानामगरल बताए । भने, ‘विशेषगरि सिएस गर्ने चिकित्सक टोली र प्रसुति महिलाको उपचारमा सहज पुगेको छ, अब विरामीलाई बाहिर रेफर गर्नुपर्दैन’
विगत १० वर्षदेखि ब्लड बंैक स्थापनाका लागि आवश्यक पूर्वाधार जुटाउन दिनरात दौडधुप गरिएपनि ब्लड स्थापना हुन सकेको थिएन । भोजपुरबाट प्रतिनिधी सभाका लागि संघिय सांसद सुदन किँरातीले आफ्नो सांसद विकास कोषबाट ब्लड बैंक सञ्चालनका लागि ५० लाख बजेट विनियोजन गरेपछि अन्ततः सपना साकार बनेको नेपाल रेडक्रस सोसाईटी भोजपुरका सभापति तुलबहादुर सुब्बाले बताए । विगतमा कयौँ पटकको प्रयास र सहयोगी दाताहरुको सहयोगबाट पनि ब्लड बैंक सञ्चालन गर्न पर्याप्त नभएपछि स्थतापना गर्न नसकिएको उनले बताए । भने, ‘हामीले कयौँ ढोका ढकढकायौँ, तर सहयोग पर्याप्त भएन, अन्ततः माननीय सुदन किँरातीले नै यति ठुलो सहयोग गर्नुभएपछि यो सम्भव भयो’
यसअघि ब्लड बैंक नहुँदा विरामीलाई सुचिकृत गरिएका नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र अस्पतालका चिकित्सकहरुबाटै रगतको आपूर्ति गरिएको थियो । जिल्ला अस्पतालमा पर्याप्त रक्त संकलन नहुँदा कतिपय गम्भिर किसीमका विरामीलाई हेलिकप्टर चार्टर गर्नुपर्ने अवस्था थियो । ब्लड बैंक नहुँदा धेरैजसो आपतकालिन विरामीलाई तत्कालै अन्य अस्पतालमा रिफर गर्नुपरेको डा. अमितेशराज पाण्डेले सुनाए ।
‘हामीसंग ब्लड बैंक थिएन, कहिलेकाँही त फोनसम्पर्क र व्यक्ति नभेटिँदा ईमरजेन्सी वार्डमा भर्ना भएका विरामीलाई तत्कालै बाहिर रेफर गर्नुपर्ने बाध्यता आउँथ्यो, अब ती सबै सास्ती टरेको छ’ उनले भने, ‘विशेषगरि गर्भ जाँच गर्ने महिलाहरुमध्ये दुर्लभ ब्लड गु्रपका व्यक्तिलाई पहिले नै सर्तक गर्नुपथ्र्यो, रगतको सहज पहुँच पुग्ने किसीमको आफन्त, व्यक्तिहरुसंगको प्रत्यक्ष सम्पर्कमा रहन र प्रसुति गर्न सुविधासम्पन्न हस्पिटलमा लैजान परामर्श दिँदै आएका थियौँैँ’
ब्लड बैंक नहुँदा भोजपुरबाट बाहिरिने गम्भिर विरामीको लागि धरान, विराटनगर, काठमाडौँ जस्ता सुविधासम्पन्न हस्पिटल अन्तिम विकल्प थियो । तर ब्लड बैंक स्थापना गरिएपछि रगतको लागि चर्को दौडधुप गर्नुपर्ने समस्या कम भएको जिल्ला अस्पताल भोजपुर प्रमुख फिपराज विश्वकर्मा बताउँछन् । ‘बर्षौदेखिको एउटा सपना पुरा भएको छ, अस्पतालमा तालिमप्राप्त चिकित्सक छन्, आवश्यक उपकरणको व्यवस्थापन गरिएको छ’ उनले भने ।
साल्पासिलिछो, टेम्केमैयुङ गाउँपालिका, दक्षिणी आमचोक, हतुवागढी, रामप्रसाद राई गाउँपालिकाका धेरै दुर्गम भेगबाट विरामी र सुत्केरी महिलालाई अझैपनि अस्पताल पु¥याउन जोखिम नै छ । सडकसञ्जाल पुगेपनि एम्बुलेन्स अभावमा ती क्षेत्रका सुत्केरी र विरामीलाई स्टे«चरबाट अस्पताल ल्याईन्छ । दुर्गमका विरामीका लागि एम्बुलेन्सको पहुँच पु¥याउने, एम्बुलेन्स व्यवस्थापन गर्ने र सडक सञ्जालका विषयमा स्थानीय तहले काम गर्ने भोजपुर नगरपालिकाका मेयर कैलाश आले बताउँछन् । दुर्गम नागरिकलाई स्वास्थ्य सेवाबाट विमूख हुन नदिने उनले प्रतिबद्धता जनाए । ब्लड बैंक सञ्चालनका लागि भोजपुर नगरपालिकाले ३ जना कर्मचारी पनि खटाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार