बेलायतमा इन्धनको संकट गहिरिदै

लण्डन । बेलायतमा केही दिनदेखि जारी इन्धन आपूर्तिको संकट झनै गहिरिदै गएको छ । इन्धनको संकट गहिरिदै गएपछि सर्वसाधारणहरुको जनजीवन असर पर्दै आएको छ ।

 

इन्धन आपूर्तिमा संकट गहिरिएपछि सर्वसाधारणहरुलाई निर्धारित समयमा गन्तब्य तय गर्न समस्या हुदै आएको छ । इन्धन समस्या भएपछि सर्वसाधारणहरु पेट्रोल स्टेशनहरुमा ठुलो मात्रामा भीड लाग्ने गरेको छ । इन्धन अभाव भएपछि सर्वसाधारणहरुवीचमा इन्धनका लागि पेट्रोल स्टेशनहरुमा झगडा समेत हुदै आएको छ । इन्धन अभाव भएपछि कालोबजारीसमेत बढेर गएको छ ।

 

बेलायतभरी हाल करिब आठ हजार पेट्रोल स्टेशनमध्ये करिब एक तिहाइमा मात्र इन्धन उपलब्ध हुंदै आइरहेको छ । आपूर्तिलाई सहज बनाउनका लागि सरकारले सेनालाई समेत परिचालन गरेको छ । जसअनुसार सरकारले १ सय ५० वटा सेनाको ट्याङकरहरुलाई तालिम समेत दिएको बेलायतको सञ्चारमाध्यमहरुले जनाएको छ ।

 

पर्याप्त मात्रामा इन्धन भएपनि ढुवानी गर्ने चालक अभावले संकट उत्पन्न भएको सरकारले जनाएको छ । इन्धन ढुवानी गर्ने करिव १ लाखको हाराहारीमा चालकहरु आवश्यकता पर्ने पनि सरकारले जनाएको छ । इन्धन अभाव कम गर्न सरकारले तीन महिने अस्थायी भिसा दिने प्रक्रिया समेत अघि बढाएको छ । पेट्रोल स्टेशनहरुमा २४ घण्टा नै गाडीहरु लामबद्ध हुदै आएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार