बेलायतमा कोरोना संक्रमण दैनिक रुपमा बढदै

लण्डन । उच्च संक्रमण र मृत्यूदरमा पुगेर नियन्त्रणमा आउदै गरेको कोरोनाभाइरसको अवस्था बोलयतमा पुन बढदै गएको छ । केही सातादेखि बेलायतमा कोरानाभाइरसको संक्रमण र मृत्यू हुनेहरुको संख्या ह्वात्तै बढेर गएको छ ।

 

मंगलबार बेलायतको स्वास्थ्य तथा सामाजिक सेवा विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गएको २४ घन्टामा २ सय २३ जना कोरोनाभाइरसबाट मृत्यु भएको छ । यो संख्या गत मार्च ९ तारिख पछिकै सबैभन्दा बढी रहेको पनि विभागले जनाएको छ ।

 

हालसम्म बेलायतमा एक लाख ३८ हजार ८ सय ५२ जनाको कोरोना भाइसबाट ज्यान गएको छ । कोरोना भाइरसको संक्रमण पुन: बढन थालेपछि सर्तकता अपनाउनका लागि बेलायतका प्रधानमन्त्रीले आब्हान गरेको छ ।

 

बेलायतमा हालसम्म कोरोनाका संक्रमितको कुल संख्या ८५ लाख ४१ हजार १९२ पुगेको छ । संक्रमण दर अघिल्लो हप्ताको तुलनामा १६ प्रतिशतले बढेको छ ।

 

जाडोयाममा संक्रमण दर झन बढने र त्यसले ठुलो चुनौती खडा गर्न सक्ने बिज्ञहरुले औल्याएको छ । संक्रमणदर नियन्त्रणका लागि बेलायत सरकारले सुरक्षानीति लागू गर्ने तयारी समेत गरेको छ ।

 

जोखिम नियन्त्रबणका लागि ५० वर्ष माथिका र अन्य उच्च जोखिममा रहेकालाई ‘बुष्टर डोज’ वितरण गर्ने, १२ देखि १५ वर्ष उमेरकालाई पहिलो डोज खोप वितरण गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार