• क्या एड्भेन्चर्स !

    गाउँमा जन्मिए । पहाड, भीर, पहरा, छाँगा, छहरासंग पौठेजोरी खेल्दै हुर्किए । घाँस, दाउरा, मेलापात र गोठाला अनि उकाली ओराली गर्दै दैनिकी बिते । जसलाई गाउँ बस्दाका बाध्यता भनिन्छ । सहर लागेपछिका अनेक रहर । गएको हप्ता । १६ जनाको टिम भोटेकोशी पुग्यौ । रहरले रक क्लाइबिङ गरे । गाउँ छदा भिरमा घाँस काट्दै लडेर अनुहारमा चोटैचोट...