भोजपुर । बढ्दो चिसो मौसम र हिउँद छिप्पिँदै गएपछि लेकाली चौँरीगोठहरु बेँसी झार्न थालिएका छन् । मैयुङ, साउने, किमालुङ, खार्तम्छा, नागीखर्क लगायतका भोजपुरका उच्च पहाडी क्षेत्रका चौँरीगोठहरु यतिबेला चिसो बढेसँगै बेँसी सारिने गरिएको छ । समुन्द्री सतहदेखि सरदर ३३ सय मिटर उचाईका यी क्षेत्रमा दर्जनौँ च...



